नेकपा बिप्लबका बाँके युवा संयोजक डोल्पामा पक्राउ

डोल्पा ः हिडिरहेको अवस्थामा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
बाँके कोहलपुर नगरपालिका ७ पिपेरीका १८ वर्र्षीय पहाडीलाई धम्की दिएको र एक सात भित्र नेकपा बिप्लबको जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनी सहतिको पर्चा टास्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए।
बिना कारण सरकारी कर्मचारी माथि डर, धाक र धम्कीदिने गरेको र प्रमाणसहित फेलापारेपछि पहाडीलाई सार्वजानिक कुसर ऐनअनुसार मुद्धा दर्ता गरिएको डिएसपी बिष्टले जानकारी दिए।
उता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतहरुले जडिबुटीको ब्यापारीहरुबाट कमिसन लिने गरेको प्रमाणहरु र पिडितको गुणासो आपूm कहाँ आएका ले कारवाही गर्न पार्टी कार्यालय बोलाउन गएको अवस्थामा पहाडी पक्राउ गरिएको दाबी नेकपा९बिप्लब०का डोल्पा इन्चार्ज इन्द्र रोकायाले जानकारी दिए।










