कृषकलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संचालन

सुर्खेत ः कर्णाली प्रदेश सरकारका प्रबक्ता एवम भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताउनुभएको छ ।
राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार,अनुसन्धान र बिकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्री केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संञ्चालन गरिएको बताउनुभएको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट सहभागी किसानहरुलाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीका किसानहरुको जीवनस्तर परिवर्तन गर्न कर्णाली प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।
कर्णालीको गरिबी अन्त्य गरि किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम गर्न लागिएको मन्त्री केसीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा केसीले कर्णालीका किसानहरुलाई प्रत्यक्षरुपमा राहत हुने गरि प्रदेश सरकारले कृषक पेन्सन ,गरिबी तथा वास्तविक कृषकको पहिचान, किसान र सरकार हातेमालो कार्यक्रम लगाएका कार्यक्रम संञ्चालन गरिएको जानकारी दिनुभयो ।
कृषि मन्त्री केसीले भन्नुभयो “कृषिलाई कर्णाली प्रदेशको समृद्धीको पहिलो आधार बनाएर कार्यक्रम गरिरहेका छौ , किसानले उत्पादन गरेका वस्तुको बजारीकरण नहुदा समस्याले बजारीकरणको ब्यवस्था सरकारले गर्ने छ ” । मन्त्री केसीले थप्नुभयो “ कर्णालीको कृषिमा आकर्षण बढाउन प्रोत्साहन अनुदानको ब्यवस्था गरिएको छ , कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चीत्रवहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मी लगाएत आयोगका पदाधिकारीहरु, कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषकहरुको सहभागीता रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!