सुपानि दुनैको मोटरबाटोमा स्तरउन्नतीको काम सुरु

सुकमाया थापा
डोल्पा पुस ः जाजरकोट – डोल्पा सडक खण्ड अन्तरर्गत सुपानि देखी सदरमुकाम दुनै सम्म सडकको स्तरउन्नति काम सुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले आजबाट काम सुरु गरेको कर्णेली विश्ववन्धु पहाडीले जानकारी दिनुभयो ।

डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुदै डोल्पाको दुनैसम्म सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड खण्ड गर्दै छलगाड सम्म ट्रयाक खोलिसकेको छ । छलगाडसम्म ट्रयाक खुले पछि खण्ड खण्ड गरेर स्थानीय जीपहरु सञ्चालनमा आएका छन् ।
यसकै सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि आजबाट नेपाली सेनाले २ वटा डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।
डोल्पा जिल्लाको सदरमुकाम दुनैसम्म राष्ट्रिय गुणस्तरको मोटरबाटो निर्माण कार्यको ट्रयाक खोल्ने जिम्मा लिएको नेपाली सेनाले त्रिपुरासुन्दरी नगरपालिका १ को छलगाडसम्म मोटरबाटोको ट्रयाक खोली जीप समेत सञ्चालनमा आएको अवस्थामा सुंपानीदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ किलोमिटर मोटरबाटोलाई थप ३ मिटर चौडा गरेर सडक विभागको ग्रिड बमोजिमको सडक बनाउने कामलाई आजबाट सुरुवात गरेर १ सय मिटर जति आजै बनाइ सकेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पाहाडीले फोनमा जानकारी दिनुभयो ।
सुंपानीदेखि दुनैसम्मको सडक खण्डको ट्रयाक खुलेर जीप निर्वाध रुपमा सुचारु भए पनि १४ वटा विभिन्न नदि तथा खोलामा मोटरेबल पुल निर्माण नभएसम्म डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सञ्जालले छोएपनि सास्ती यात्रुले भोगीरहने छन् ।
यो बाटो विगत १० बर्ष अगाडि देखी निर्माण सुरु भई खण्ड खण्ड ट्रयाक खुलेसंगै खण्ड खण्ड गरी जिप सेवा सञ्चालन हुदै आएको छ । महंगो भाडा तिरेर र ठाउं ठाउंमा पुल नहुंदा विभिन्न ठाउंमा वारिपारि पैदल हिडेर भएपनि स्थानीयहरुले यात्रा गर्दै आइरहेका छन् । मामा नहुनु भन्दा, कानो मामा सही भन्न झै डोल्पालीहरुको यात्रा र दैनिक उपभोग्य सामग्री ओसार पोसारमा निकै सहज भएको व्यापारी नारायण अधिकारीले बताउनु भएको छ ।

आज बाट मोटरबाटो निर्माण सुरु भएपछि सुंपानी देखि दुनैसम्मको बाटोमा पनि ढुक्कसंग यात्रा गर्न पाइने आशा स्थानीयहरुको छ । जनताको माग लाइ ध्यानमा राखी स्तरउन्न्तीको काम सुरु गरिएको सांसद सत्य पहाडीले जानकारी दिनुभयो । ४ दिन अघि मात्र सांसद पहाडीले प्रतिनिधीसभाको वैठकका बिशेष समय लिएर सदनमा वोल्दै तत्काल सडक सतर उन्नतीको काम सुरु गर्न माग गर्नुभएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!