१ सय ५४ राष्ट्रसेवक कर्मचारीलाई भ्रष्टाचार अभियोग

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४–७५ का गतिविधिलाई लिएर तयार पारेको २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार सो प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७४र०७५ मा १९ हजार ४ सय ८८ उजुरु प्राप्त भएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा सेवाग्राहीहरूको घुससम्बन्धी उजुरीका आधारमा गरिएका ९७ वटा रङ्गेहात कारबाहीमा सहसचिवदेखि सहायकस्तरसम्मका १ सय ५४ जना राष्ट्रसेवक तथा अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको अख्तियारले जनाएको छ । विस्तृत अनुसन्धानपछि आयोगको निर्णयानुसार सम्बद्ध निकायहरूलाई सुझाव दिइएको संख्या ४५ र विभिन्न कारबाहीका लागि लेखी पठाएको संख्या ६४ रहेको छ । विस्तृत अनुसन्धानपश्चात् २ सय २ उजुरी तामेली र १० वटा उजुरी मुल्तबीमा राखिएका छन् ।

‘आर्थिक वर्ष २०७४र७५ मा आयोगमा १३ हजार १३ र मातहतका कार्यालयहरूमा ६ हजार ४ सय ७५ समेत गरी १९ हजार ४ सय ८८ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका थिए’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘ति मध्ये ७ हजार ७ सय १९ उजुरीहरू आर्थिक वर्ष २०७३र७४ बाट जिम्मेवारी सरेर आएका र ११ हजार ७ सय ६९ उजुरीहरू आर्थिक वर्ष २०७४र७५ मा थप भएका थिए ।’

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४र०७५ मा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षासँग सम्बन्धित छन् । १८।३२ प्रतिशत उजुरी शिक्षासंग सम्बन्धित छ । शिक्षापछि संघीय मामिलासँग सम्बन्धित उजुरीको संख्या १८।०२ प्रतिशत, भूमि सम्बन्धी उजुरी ६।४८ प्रतिशत, वनसँग सम्बन्धित उजुरी ४।४८ प्रतिशत, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४।३७ प्रतिशत, गृह प्रशासनसम्बन्धी उजुरी ४।१३ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातका उजुरी २।८२ प्रतिशत, अर्थ मन्त्रालयसँग सम्बन्धित २।५९ प्रतिशत र अन्य निकाय र क्षेत्रसँग सम्बन्धित उजुरी ३८।८ प्रतिशत रहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!