केन्द्रमा चामलको मुल्य घटेपनि जाजरकोटमा घटेन

सञ्जय केसी 
जाजरकोट ः बारेकोट गाउँपालिका ९ का गोविन्द पुन चामलका लागि नायकबाडाको घाट डिपोमा पुग्नुभयो । हतार, हतार त्यहाँ रहेका कर्मचारी संग चामल लिनु छ , कति रुपँैया केजी छ सर भन्दै सोध्न नपाउँदै ,त्यहाँ रहेका कर्मचारीले रु ५६ पर्छ प्रतिकेजी भनेर उत्तर दिएपछि गोविन्द स्थानीयबजार पुगेको बताउँनुहुन्छ ।
स्थानीयबजारबाट प्रतिकेजी रु ५४ मा एक क्वीन्टल चामल खरिद गरेर घर लिएको गोविन्दको भनाई छ । अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको संख्य ठुलो भएपनि महंङगो हुँदा बिक्री हुँन सकेको छैन् । चामलको मुल्य घटेपनि जाजरकोटका दुर्गमगाउँमा पुरानै मुल्यामा चामल बिक्री गर्न खोज्दा बिक्री हुँन नसकेको हो । खाद्य संस्थानले मङसिर २८ गते भन्दा अगाडी प्रतिकेजी रु ५६ , ७५ पैसामा बिक्री गदै आएको थियो भने २८ गते देखि यता प्रतिकेजी रु ४४ रुपैया तोकेर विक्री गदै आएको छ । जाजरकोटका गाउँमा रहेका खाद्यान्न डिपोमा भने पुरानौ मुल्यामा चामल बिक्री भईरहेको पाईएको छ ।
बजारमा पाईने मोटो चामल रु ५४मा प्रतिकेजी चामल बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलव्ध गराउदै आएको चामल बजारको भन्दा महंगो हुनुले समस्य उत्पन्न भएको स्थानीयबासीको भनाई छ । घाट डिपामा मात्र १५० क्वीन्टल चामल बाँकी भएर थन्किएको छ । मुल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिन भित्र समायोजन गरिने बताउनुभयो ।
दुर्गमका स्थानीयबासीलाई मुल्य घटेको थाहा नपाउँने भएकाले डिपोबाट मनपरी गरेको स्थानीय बुदिजीवि .नीमबहादुर सिंहले बताउनुभयो । त्यस्तै सदरमुकाममा पनि जापानीज चामल महंगो हुँदा बिक्री हुँन सकेको छैन् । चौखा डिपोमा चामल नै नपठाएको पौडेलले जानकारी दिनुभयो ।










