बिहेको तयारी गर्दै सम्बन्ध विच्छेद गरेका नेपाली सेलिब्रिटीहरू

काठमाडौं । गायिका अञ्जु पन्त नयाँ जीवन सुरुआत गर्न चहान्छिन् । उनकी छोरीले आमाका लागि नयाँ पतिको खोजी गरिरहेको अञ्जुसँगैको अन्तरवार्तामा बताइन् । ‘पक्कै पनि नयाँ जीवन सुरुआत गर्नका लागि साथी त चाहिन्छ’, अञ्जुले भनेकी छन्,‘जीवनलाई चलायमान बनाउनुपर्छ ।’
अञ्जुले पति मनोजसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्धमा खटपट आउन थालेपछि सेलिब्रिटीले सम्बन्ध भत्काउने र नयाँ स्थापित गर्ने चलन नयाँ भने होइन । नेपालकै सेलिब्रिटीहरूले यसरी जीवनयापन गरिरहेका छन् ।
अभिनेत्री रेखा थापाले पनि बिहेको तयारी गरिरहेको बताएकी छन् । उनको बिहे कहिले र कोसँग हुने भन्ने त यकिन भइसकेको छैन तर छविराज ओझासँग सम्बन्ध भत्काएपछि उनी नयाँ जीवनको खोजीमा छिन् । बेलामौका उनले मिडियामा बिहे गरेर घरजम बसाउने तयारी गरेको बताउने गरेकी छन् । हालैमात्र उनको फिल्म मालिका रिलिज अगाडी उनले बिहे गर्ने घोषणा गरेकी थिइन् ।
बिहे गरेको लामो समय नबिति पतिसँग छुट्टिएकी अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि बिहेको तयारीमा छिन् । उनले आफ्ना नजिकका साथीलाई राम्रो जीवनसाथी पाए बिहे गर्ने बताउने गरेकी छन् ।
बेलायतमा रहेका रोबर्ट विश्वकर्मासँग उनको बिहे भएको थियो । तर लामो समयसम्म यो सम्बन्ध टिक्न सकेन । सम्बन्ध नटिक्नुको कारण भने उनले खुलाएकी छैनन् तर नयाँ पतिको खोजी भने गरिरहेकी छन् ।
गायिका मिलन अमात्यले मेन्सन अमात्यसँगसम्बन्ध बिच्छेद डिभोर्स गरेको लामो समय भएको छैन । तर, उनी अर्को बिहेको तयारीमा पनि छन् । ६ बर्षसम्मको वैवाहिक जीवन त्यागेकी उनी नयाँ जीवनको खोजीमा रहेको हल्ला चलिसकेको छ ।
रोचक मैनालीसँग सम्बन्ध विच्छेदगरी नेपाली फिल्म उद्योगमा उर्बर काम गरिरहेकी अभिनेत्री प्रियंका कार्कीको बिहे पक्का भइसकेको छ । उनको बैंकर रविना देशराज श्रेष्ठका जेठा छोरा तथा अभिनेता आयुष्मान देशराज जोशीसँग टिकाटालो पनि सम्पन्न भइसकेको छ ।
बलिउड र हलिउडमा पनि रङगमञ्चमा रहेका धेरै कलाकारका सम्बन्ध विच्छेद हुन्छन् । यस पछाडीका कारण डबल अफेयर वा एक्स्ट्रा सम्बन्ध नै रहेको कारणहरू सतहमा आउने गरेका छन् ।
अभिनेत्री संचिता लुइँटेलले पनि दोस्रो विवाह गरी अभिनेता निखिल उप्रेतीसँग घर बसाएकी थिइन् । सुटिङका समयमा निखिलसँग सम्बन्ध नजिक भएपछि उनले दोस्रो विवाह गरेकी थिइन् । अहिले दुई सन्तानकी आमा हुन्, सञ्चिता । नेपाली रङ्गमञ्चमा यसरी सम्बन्ध विच्छेद धेरैले गरेका छन् ।
समाजशास्त्रीहरूका अनुसार प्रतिष्ठा र समयको अभावले सम्बन्धमा दरार आउने गर्छ त्यसकारण सम्बन्ध विच्छेदका घटना बढ्छन् । तर फेरि आवश्यकताको हिसाबले नयाँ सम्बन्ध स्थापित हुने गरेका छन् । आम साधारण भन्दा सेलिब्रिटीको हकमा नयाँ सम्बन्ध बनाउने पनि भेटिन्छन् र उनीहरूबारे चर्चा समेत हुने गरेको छ ।
हुन त सम्बन्ध स्थापित हुने र भत्किने निजी घटना हुन् । तर, सेलिब्रिटी भएका कारण उनीहरूको हकमा भने यो निजी नरहने गरेको समाजशास्त्रीहरूले बताउने गरेका छन् ।दैनिक नेपालमा खवर छ ।










