महिना दिन पछि श्रमदानबाट वल्यो बत्ती

लेख बहादुर बुढा
डोल्पा ः नहर भत्किएका कारण् अवरुद्ध भएको विद्युत सेवा सोमबार देखि सुरु भएको छ । स्थानीय र सेना ,प्रहरीको श्रमदान गरी मर्मत गरिदा एक महिना पछि विद्युत सेवा सुरु भएको हो ।

गत भाद्र १९ मा जैरीगार्ड जलविद्युत आयोजनाको करिव ६० मिटर नहर पहिरोले भत्काएपछि यहाँको विद्युत सेवा अवरुद्ध भएको थियो । २ सय किलोवाट क्षमता रहेका विद्युत सेवा वन्द हुँद यहाँका सयौ सेवाग्रही मर्कामा पर्नुका साथै नेपाल टेलिकम , स्थानीय रेडियो समेत प्रभावित भएका थिए । दशैको मुखैमा विद्युत सुचारु भए संगै दुनै र आसापासका क्षेत्रमा खुसीयाली छाएको छ । जिल्लाको सवै भन्दा ठुलो क्षमता भएको विद्युत सुचारु भए संगै दुनै बजार लगायत,थाला,तिप्ला,लोचा,जुफाल ,सुँ, जिउ, रगँका स्थानीयहरु खुसी भएको आयोजनाले बताएको छ ।

विद्युत नहुँदा प्रतिलिटर ५ सय रुपैयाँको पेटो«ल किनेर दैनिक केही घण्टा चल्दै आएका यहाँको रेडियोले अव नियमित प्रशारण हुँने व्यवस्थापकले जनाएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!