वजार अनुगमण तिव्र

सुकमाया थापा
डोल्पा ः दशै र तिहार जस्ता नेपालीका ठुला पर्वहरुमा अखाद्य वस्तुहरु विक्री वितरण नहोस भनि प्रशासनले अनुगमण तिव्र बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वमा सदरमुकाम दुनै बजारमा ब्यापक बजार अनुगमण गर्दा भारी मात्रामा म्याद गुर्जेको सामग्रीहरु बरामत भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो

अनुगमणमा प्रहरी प्रमुख अवदेश बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, अनुसन्धान प्रमुख सुमनकुमार भण्डारी, कोष तथा लेखा नियन्त्रणका हरी न्यैपाने , घरेलु तथा साना उधोग विकास समितिका प्रतिनिधी , उद्योग वाणिज्य संघ र सञ्चारकर्मीको टोलीले संयोक्त रुपमा बजार अनुगमण गरेको उहाँले जानकारी दिनुभयो ।

म्याद गुर्जेका दालमोट ६७ प्याकेज, बिस्कुट ८ पिस, सानो भुजा ५ पिस, मुना चिया ९ प्याकेज, बेसार ८ पोका, चाउचाउ ३८ पोका, सब्जि मसाला ६ प्याकेज, लिचि जुस ३८ बट्टा, धारा तेल २० पोका, धिउ २ बट्टा गरी २२ हजार को सामग्रीहरु नष्ट गरिएको प्रजिअ थापाले बताउनुभयो ।

२२ हजार बरावरको अखाद्य वस्तुहरु नष्ट गरिएको छ ।





error: Content is protected !!