छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

रुकुम – रुकुम पश्चिममा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट र सानीभेरी गाउँपालिकामा एकरएक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नगरपालका–९ घोरखानीमा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु भएको हो। सोमबार बिहान घाँस खुवाउँदै गर्दा घरमा बाँधेको गोरुले हान्दा स्थानीय ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पश्चिम०का प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। गोरुले टाउकोमा हान्दा एक्कासी मृत्यु भएको उनले बताए।
यस्तै सानीभेरी गाउँपालिकामा भेरीमा डुबेर एक जनाको मृत्यु भएको हो। गाउँपालिका–२ का ३५ वर्षीय सशिधर कुँवरको सानीभेरी नदीमा डुबेर मृत्यु भएको डिएसपी खड्काले जनाए। आइतबार साँझ भेरीमा पौडी खेल्दै गर्दा डुबेका उपचारको क्रममा मृत्यु भएको हो।
भेरीले बगाउँदै गर्दा स्थानीय कुँवरको उद्धार गरेका थिए। बेहोस अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपाचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ। दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ।










