घाँसको बिउ उत्पादन गरी आन्दानी गर्दै सल्यानका किसान

सल्यान,
छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि सल्यानमा किसानहरु घाँस खेतीतर्फ आकर्षित भएका छन् । शारदा नगरपालिका, १५ का सिङ्गो गाउँ नै परम्परागत कृषिभन्दा बाहिर गएर घाँस उत्पादनतर्फ लागेका हुन् ।

नगरपालिकाका किसानहरुले शारदा घाँस विकास समिति गठन गरी घाँसको बिउ उत्पादन बनाएका छन् । किसानले अहिले नेपियर, मुलाथो, पासपालम, बदामे लगायतका आधा दर्जन जातका घाँसको बीउ उत्पादन गरी रहेका छन् ।

समितिले उत्पादन गरेको घाँसको बिउ बिक्रीबाट गत वर्ष १३ लाख आम्दानी भएको कृषक तथा शारदा घाँस विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले बताए । झन्डै एक सय २० रोपनी क्षेत्रफलमा घाँस बीउ उत्पादन गर्दै आएका किसानले ४० रुपैयाँ किलोसम्म बिय बिक्री गर्दै आएका छन् ।

उत्पादन घाँसको बिउ रुकुम, जाजरकोट, दाङ, नेपालगञ्जदेखि झापासम्म पुग्ने गरेको छ । घाँस खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफूहरु व्यवासायिक रुपमै घाँस खेतीमा लागेको भण्डारीले बताए ।

विगत चार वर्षदेखि व्यवसायिक घाँस उत्पादन गर्दै आएको समितिले बिक्रीका लागि कुनै समस्या नरहेको अर्का किसान लुब्द्ध कृष्ण भट्टराईले बताए । उनले भने, ‘हामीले गत वर्ष ३० क्वीन्टल घाँसको बिउ जिल्ला बाहिर निर्यात गरेका थियौँ, यो वर्ष बढी निकासी गर्ने सोच गरेका छौँ ।’

‘गाउँ घरमा एक जनाको घरमा कम्तीमा ३,४ वटा बस्तु भाउ छन् । तीनलाई घाँस पनि हुने उता बिउ उत्पादनले राम्रो आम्दानी हुने भएकाले व्यवसायिक उत्पादनमा लागेका हौँ, भट्टराइले भने । परपरागत रुपमा गरिदै आएको धान मकै, गहुँ, मसुरो खेती गर्ने किसानसमेत व्यवासायिक घाँस खेतीतर्फ आकर्षित भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!