शैक्षिक सुधारका लागि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ स्थानीय तहमा

सुकमाया थापा
डोल्पा ः शैक्षिक तथा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डोल्पाका ८ स्थानीय तहबाट प्रत्येक एक स्थानीय तहबाट एकजना प्रअ,एक जना बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष,र शिक्षक अभिभाबक संघ का अध्यक्ष गरी प्रत्यक स्थानीय तहबाट ३ जना र एकजना सामाजिक बिकास समितीका संयोजक र शिक्षा शाखा हेर्ने शाखा प्रमुखहरु को उपस्थितीमा जिल्ला समन्वय समिती डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा शैक्षिक तथा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको जिल्ला समन्वय समिती डोल्पाले जानकारी दिएको छ ।
शिक्षा जस्तो सम्बेदन शिल बिषयमा शिक्षकले बिधार्थीको समय परिस्थिती हेरे शिक्षा प्रधान गर्नुपर्छ भनि जानकारी दिदै शिक्षा तथा मानव स्रोत केन्द्रका निदेर्शक उत्तर कुमार पराजुली,गनेश प्रसाद पौडेल, शाखा अधिकृत कुमार बस्नेत, धनसुधन चौलागाइ, कार्यक्रम संयोजक उद्धव कार्की, शिक्षा बिकास तथा समन्वय इकाइ डोल्पाका इबाइ प्रमुख सिहँराज डाँगिले शैक्षिक तथा राष्टिय प्रारम्भिक कक्षा पढाइ सम्बन्धि प्रशिक्षन दिनुभएको थियो ।
कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बालकृष डाँगीले देशमा ठुल ठुला परिवर्तन भए भएपनि शिक्षामा केहि परिवर्तन हुन सकेन भन्दै शिक्षकले प्राप्त मात्रामा पेशागत तालिम नपाएपछि शिक्षा क्षेत्र अन्यौलमा परेको र कुनैपनि संघ संस्थाले शिक्षकलाइ तालीम नदिएको गुनासो गनुभोयो ।
आफना भनाइ राख्दै ठुलीभेरी नगरपालिकाका ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले राष्ट्र, राष्ट्रियता र राष्ट्र एकता बनाउन शिक्षा प्रेमिहरुले उचित शिक्षा दिइ देशका होनाहार, कर्णधार निर्माण गनुपर्नेमा शिक्षकहरुलाइ ध्यान आकर्षन गराउनु भयो ।
शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक टिमलाइ डोल्पामा आएर शैक्षिक तथा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिदै शिक्षक, विद्यार्थी, शिक्षा,अभिभावक एक अर्काका परिपुरक भएको र शिक्षक एक खोलीका माझी भइ हजारौँ यात्रीको दुरीपार गराइदिन्छ किताब र कापीद्धारा विद्यार्थीको भबिष्य निर्माण गराउने शिक्षकको जस्तो महत्वपुर्ण भुमिका अरुको नभएकाले शिक्षकले देशका दक्ष र योग्य नागरिक उत्पादन गर्नलाइ सानैबाट बालबालीकाहरुलाई सनैबाट राष्टिय प्रारम्भिक कक्षा पढाइ लाइ जोड दिएर पढउन भनि जिल्ला समन्वय समितीका डोल्पाका प्रमुख सेर बहादुर बुढाले जोड दिनुभयो ।
कार्यक्रममा निर्देशक टिम, जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढा, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सिँहराज डाँगि, वडा अध्यक्ष अर्ण बहादुर न्यौपाने, डोल्पाका आठ स्थानीय तह अन्तर्गत प्रअ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभाबक संघ का अध्यक्ष, एकजना सामाजिक बिकास समितीका संयोजक र शिक्षा शाखा हेर्ने शाखा प्रमुखहरु को उपस्थिती रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!