घरेलु मदिरामा फाँटेको जुत्ता र मोजा भेटियो

सुर्खेत,
स्थानीयले बनाउने अवैध मदिरामा अखाद्य वस्तु भेट्टिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको अनुगमनमा अवैध मदिरामा फाँटेको जुत्ता मोजा तथा कपडा फेला परेको सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक बसन्त रजौरेले बताए ।

‘घरेलु मदिरामा फाँटेको जुत्ता, मोजा र कट्टु पनि फेला पर्‍यो’ प्रहरी निरीक्षक रजौरेले बताए । शुक्रबार वीरेन्द्रनगरको लाटीकोइलीबाट सात सेट मदिरा बनाउने भाँडा, तीन सय लिटर मदिरा र पाँच सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ भेटिएको थियो । यस गरी दुई सय ७० केजी मदिरा बनाउन प्रयोग गरिने औषधी बरामद गरिएको प्रहरी प्रमूख रजौरेले बताए ।

दसैँ तिहार नजिकिए गर्दा सुर्खेत प्रहरीले अवैध मदिरा नियन्त्रणलाई तीब्रता दिएको छ । मदिराले समाजमा शान्ति सुरक्षामा खलल पर्न सक्ने भएकाले मदिरा नियन्त्रण लिने अभियान थालिएको रजौरेले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!