तरपरे भिर कट्यो , दशैमा दुनै पुग्दै सडक

जाजरकोट , १९ असोज (रासस)ः जाजरकोट — डोल्पा सडक खण्डको धाउनी फुलपाती सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन ट्रयाक्टर संचालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पुजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका हुँन् । सडक नपुग्दा यातायातका साधन नचल्दा पिडामा अभावमा पिल्सियर बसेका डोल्पालीको वर्षौ देखिकोे सडक सपना पुरा भएको छ ।
निर्माणधिन सडक जाजरकोट–डोल्पा सडक खण्ड अन्तरर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने अन्तिम कडा चट्टानको रुपमा रहेको ५ सय मिटरको तरपरे भीर खण्डको ट्रयाक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वषौ देखिको सडक सपना पुरा भएको हो ।
तरपरे भीरको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङ्गदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रुपमा ट्रयाक्टर संचालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । सदरमुकाम दुनै, बिमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघिनै आन्तरिक यातायातको रुपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्रयाक्टरहरू सञ्चालन मै आइसकेको छ ।


त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआगनमा पुगेको ट्रयाक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई समेत पुजाआजाका साथ फुलमाला पहिराएर भब्य स्वागत गरेका छन्।
जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको पहिलो चरणको निमार्ण कार्य अन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलब ७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलका प्रमुख पहाडीले बताए । डोल्पा सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न हेर्दैमा कहाली लाग्दा भीमकाय कडा चट्टानसँग पौठेजोरी खेल्दै सडक निमार्ण कार्यलाई नेपाली सेनाले पुरा गरेको हो। २०७५ को बडादशै भित्रमा डोल्पालीलाई विकासको रुपमा गाडीसेवा उपहार दिने गरी सडक निमार्ण कार्यलाई तीब्रता दिएको नेपाली सेनाले दशै अगाडि नै पुरा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ।

२०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरताले २०७५ को बडादशै भित्रमा बिट मार्ने गरी सडक निमार्ण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको थियो ।
२०७५ को दशैं तिहार भित्रमा डोल्पाको सदरमुकाम दुनैबासीलाई यातायातका साधन सञ्चालनमा ल्याएर गाडी सुबिधा उपहार दिने योजना पुरा भएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए । हाल खदाङ्गदेखि चुँगाडसम्मको सडकको फिनिसिँङ्ग कार्य भइरहेकोले असोजको अन्तिममा उक्त कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहार भित्रमा डोल्पाको दुनैमा यातायातका साधनहरू गुड्ने कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए।
सडक पुगेपनि पुल वाधक
यस सडक खण्डको निर्माण कार्य पुरा भएपनि पुलको अभावमा समस्य हुँने देखिएको छ । करिव ५ वटा भन्दा वढी ठुला पुल र अन्य साना पुल निर्माण नभए सम्म यस सडक खण्डमा स्थानीयले सहजै यात्रा गर्न सक्ने अवस्था नहुँने देखिन्छ । जाजरकोटको दल्ली , कालीमटी बीच नलगाड नदीमा पुल , रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरी पुल , जाजरकोट तल्लु र रुकुम छरेवग्री वीचको भेरी नदीको पुल , डोल्पाको खदाङमा भेरी नदीको पुल , त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु नै भएको छैन् ।

पुल निर्माणका लागि टेन्डर भईरहेको र काम पनि संग संगै हुँने पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले बताईन् । पहिलो सर्तमा दुनैमा सडक पुग्नु पर्ने बताउदै उनले पुलका काम पनि संगै भईरहेको बताईन् । दुनै पुग्न वितिकै चाईना सम्म जोड्नका लागि काम सुरु हुँने उनको भनाई थियो । मरिम्ला र तेन्जेको सपना देखेर हामीले कामलाई तिव्रता दिएको र वजेट पनि सोही अनुसार बिनियोजन गरिएको सांसद पहाडीले बताईन् । 




सम्बन्धित समाचार


error: Content is protected !!