इन्डोनेसिया भूकम्प र सुनामी मृतकको संख्या १३०० नाघ्यो

एजेन्सी,२०७५ इन्डोनेसियामा भूकम्पपछिको सुनामीमा परेर मृत्यु हुनेको संख्या १,३४७ पुगेको छ। अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ। मंगलबार मात्रै मृतकको संख्या ८०० बाट १३४७ मा पुगेको हो। सुलावसी प्रान्तमा शुक्रबार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प आएसँगै पालूमा ठूलो सुनामी आएको थियो। भूकम्पका परकम्प जाने क्रम अहिले पनि जारी रहेको अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ। अझैपनि केही व्यक्ति भूकम्पको भग्नावशेषमा फसेको हुनसक्ने राहत टोलीका प्रमुख अगस हारयोनोले बताएका छन्। पालु सहरको एक होटलमा अझैपनि मान्छे फसेको र उनीहरूले सहयोगको याचना गरिरहेको हारयोनोले बताएका छन्। उद्दार सामग्रीको अभाव र उपकरणको अभावमा उनीहरूसम्म उद्दारकर्ता पुग्न सकेका छैनन्। प्रहरीका अनुसार पीडितहरूका लागि खाना, इन्धन र खानेपानीको अभाव रहेको छ। त्यसैगरी चोरीका घटना पनि बढेका छन्। जसका कारण प्रहरीलाई चुनौती थपिएको छ। चोरहरूले कम्युटर, बहुमूल्य सामग्री र नगद चोरी गरिरहेको प्रहरीले बताएको छ। प्रहरीले बिस्तारै खाद्यान्न आपूर्तिस भइरहेको र त्यसको वितरणको चरणमा गइरहेको बताएको छ भने शान्ति सुरक्षा कायम राख्न पनि प्रहरी परिचालन गरिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!