नलगाडका मियर पाको र वुढो भएपनि काममा जोसिलो भन्दै मन्त्रीले गरे प्रसंसा

जाजरकोट ः यहाँका सातै वटा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितीमा सामाजिक विकास मन्त्री दल रावलले नलगाड नगरपालिकाको प्रसंसा गरेका छन् ।

जिल्लाका सवै स्थानीय तहको प्रस्तुती हेरेपछि मन्त्री रावलले प्रसंसा गरेका हुँन् । प्रदेश , केन्द्रले दिएपछि मात्र हामी काम गर्ने हो भन्दै अधिकाश स्थानीय सरकारका प्रमुखले गुनासो मन्त्री रावल सामु पोखेका थिए । तर सवै भन्दा फरक प्रस्तुती गरेको नगरप्रमुख रावलले कसैको मुख ताक्नु हुँदैन , आफै गर्ने हो अधिकार प्रयोग गरी भनि फरक तर्क राखेका थिए ।

सोही कुरालाई मन्त्रीले साथ दिदै नलगाडका मेयर दाईले भनेको कुरा सहि छ अव यस्तै गर्नुपर्छ भनेर हौसला समेत दिएका थिए ।





error: Content is protected !!