स्थानीयद्धारा सडक अतिक्रमण बढदो

सल्यान । बनगाड कुपिण्डे नगरपालिका भित्र स्थानीय कृषि सडक अतिक्रमण बढी रहेको छ । पश्चिम सल्यानमा पर्ने बनगाड कुपिण्डे नगरपालिका भित्रका सम्पुर्ण स्थानीय कृषि सडकहरु स्थानीयले अतिक्रमण गरिरहेका छन । स्थानीयहरुले सडकको छेउछाउमा ढुङ्गा माटो निकाल्नुको साथै घर बनाउने गरिरहेका छन ।

विषेश गरेर सल्ली चौरजहारी सडकमा सडकको मापदण्ड बिच सडक बाट दायाँबायाँ १५ मिटर छाडेर घर बनाउनु पर्नेमा सडकको मापदण्ड मिचेर घर बनाउने देखि जथाभावी ढुङ्गा, माटो निकाल्ने गरेका छन । साथै अन्य नगरपालिका भित्रका सेवाकेन्द्र च्युरा हुँदै काफलपानी सडक , नाथेखोला राउचे सडक, देवस्थल बामे सडक , बालुवा सग्रही ( खलंगा सडक लगाएत दर्जनौं सडकहरुमा स्थानीयले सडको मापदण्ड नै मिचेर घर बनाउने देखि ढुङ्गा माटो निकाल्ने गरेको नगरपालिकाका सव ओभरसियर नारायणजित रानाले जानकारी दिनु भएको छ ।

आफुहरु गाउँमा सडक अनुगमनमा जादा अधिकास सडकमा स्थानीयले घर बनाउने देखि ढुङ्गा निकाल्ने देखेको र सामान्य मोटरसाइकल सम्म जाने बाटो नभएको बताउनु भएको छ । सडक केही वर्षाले बिगारेको र त्यसमा थप स्थानीयले ढुङ्गा निकाले सडक भत्काएको रानाले बताउनु भएको छ । घर बनाउने देखि ढुङ्गा ननिकाल्न अनुरोध गर्दा पनि स्थानीयले अटेरी गरेको बताएका छन । नगरपालिकाको ५ न वडा कार्यालयले भने जथाभावी सडक बिगार्ने र भत्काउने काम तत्काल बन्द गरि सडक पुर्ण रूपमा सुचारु गर्ने सबैमा अनुरोध गरिएको अध्यक्ष कमल बिक ले जानकारी दिएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!