जुम्लाका ज्येष्ठ नागरिक लाई दिवसको अवसरमा सम्मान।

दिलमाया शाही,असोज १५
चन्दननाथ नगरपालिकाल यहाँका ज्येष्ठ नगारिकहरुलाई सम्मान गरेको छ ।
२८ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवशको अवसरमा चन्दननाथ नगरपालिकाले २२ जनालाई सम्मान गरिएको हो । उक्त ज्येष्ठ नगारिकहरुलाई एक औपचारिक कार्यक्रमका बिच चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा दोसल्ला ओडायर सम्मान गरिएको थियो ।
नगरपालिकाले ज्येष्ठ नागरिकलाई सममान गरेको कार्यक्रमले हौसल्ला बढाएको पाइएको छ। ज्येष्ठ नागरिकले दिवसको अवसर बाल्दै यस्ता कार्यक्रमहरु निरन्तर गर्न अनुरोध गरेका थिए । त्यस्तै जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले स्थानीय सरकारले अव ज्येष्ठ नागरिकको अधिकार र संरक्षणमा प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ,स्थानीय तहरुमा ज्येष्ठ नागरिकको अधिकार प्रति खासै ध्यान दिएको छैन ।
कार्यक्रममा प्रमुख अतिथि चन्दननाथ नगरपालिकाका कार्यवहाहक मेयर अप्सरा देवी न्यौपानेमहतले ज्येष्ठ नागरिक समाजका गहना भएकाले सम्मान, सत्कार तथा संरक्षणमा स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो ज्येष्ठ नागरिकलाई सधै सम्मान गरिरहने, वृद्ध आश्रमलाई भोजनकृतनकोे थलोको रुपमा प्रयोग गर्ने, जिविको पार्जन नभएका नभएका ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्ने गरिने छ । न्यौपाने महतले भन्नुभयो नेपाल सरकारले लागु गरेको स्वस्थ्य, सभ्य, सदाचारी र अपराध अभियान शुरु गरिएको छ । चन्दननाथ नगरपालिकाले सो कार्यक्रम पूर्ण रुपमा लागु गर्ने कार्यवाहक मेयर न्यौपानेले बताउनुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले ज्येष्ठ नागरिक अर्थात आमा वुवा सम्मानका धनि भएका र सरकारका सेवा सेवा सुविधाहरु कार्यान्वन गर्ने पक्षमा आफु लागि पर्ने बताउनुभयो । उहाले भन्नु भयो ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य सेवा कार्यान्वयन गर्न आबश्यक रहेको छ ।










