डोल्पामा स्वास्थ्य शिविर सुरु

लेखवहादुर वुढा
डोल्पा ः डोल्पाको दुनैमा आज देखि वृहत स्वास्थ्य विविर सञ्चालन भएको छ । एक एक पाईला नेपाल को आयोजना , ठुली भेरी नगरपालिका र नेपाल रेडकक्रस सोसाईटीको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको सांसद सत्य पहाडीले जानकारी दिनुभयो । आर्थिक अवस्था कम्जोर भएका स्थानीयलाई यो शिविरले ठुलो राहत भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

डोल्पाका अधिकांश स्थानीय तहबाट विरामीहरु उपचारका लागि दुनै आएका छन् । जिल्लामै ४१ जना डाक्टर पुगेको बताएको छ । शिविरमा सवै खालका सेवा निशुल्क दिइएको छ । १ हजार ६ सय ८१ जनाको चेकजाच गरिएको छ । । बृहत स्वास्थ शिविरमा जनरल मेडिसिन विशेषज्ञ,सामान्य सल्याक्रिया विशेषज्ञ,नाक कान घाटी विशेषज्ञ,आखाँ रोग बिशेषज्ञ,बाल रोग विशेषज्ञ,हाड जोर्नी विशेषज्ञ,रेडियोलोजी विशेषज्ञ,छाला रोग विशेषज्ञ,स्त्रीरोग विशेषज्ञ,दन्त विशेषज्ञ , रक्त परिक्षण र एच आईभी एड्स परिक्षण तथा परामर्शका सेवाहरु सन्चालन भैरहेका छ । डोल्पा जिल्ला जस्तो ठाउँमा आफ्नो स्वास्थ चेकजाच गर्न पाउदा निकै खुसी लागेको मुड्केचुला गाउपालिका वडा नं ५ सुर देखि दुई दिनको बाटोमा हिडेर दुनै पुग्नु भएका गोविन्द बोहोराले बताउनुभयो । यस्तै जिल्लाका विभिन्न आठ स्थानिय तहका सर्वसाधारणहरु स्वास्थ चेकजाचँ को लागी दुनैमा पुगेका छन ।

डोल्पामा सवै भन्दा स्त्रीरोग सम्वन्धी,दात सम्वन्धी हाडजोर्नी सम्वन्धी समस्या भएका धेरै चेकजाचको लागी आएको आयोजक एकएक पाईलाले जनाएको छ । शिविर जिल्ला अस्पताल दुनैमा यहि असोज १७ गने सम्मा सन्चालन हुने छ । मुख्य चिकित्सहीत ४२ जनाको समुह, जिल्ला अस्पताल दुनैका स्वास्थकर्मी,विधार्थी लगायत अन्यले शिविरमा खटीएका छन ।
तस्बिर सुकमाया थापा




सम्बन्धित समाचार


error: Content is protected !!