भित्र्याउने बेला धानवालीमा रोग लागेपछि किसान चिन्तित

जाजरकोट भेरी नगरपालिका–१ स्थित कालेगाउँमा कालोपोके रोगले धानवाली नष्ट हुन थालेपछि स्थानीय किसान चिन्तामा छन् ।

भित्र्याउने समयमा धानवालीमा रोग लागेपछि उनीहरु उपायको खोजीमा छन् । स्थानीय भाषामा कुकाँ नामले चिनिने यस्तो रोग पहिलो पटक देखिएको हो ।

धेरै आम्दानीको आसमा नयाँ यू।एस।३१२ हाइब्रिड जातको धान खेती गरेका किसान अहिले निराश बनेका छन् । यस्तो रोगबाट कालेगाउँका ५० घर परिवारको ३० हेक्टर बढी खेतबारीको ६५ प्रतिशत धानमा क्षति गरेको छ । तर रोग नियन्त्रणको लागि सम्बन्धित निकायले कुनै प्रयास नगरिदिएको गुनासो किसानको छ ।

कृषि प्राविधिक भने किसानले आफुखुसी धान लगाउँदा यस्तो समस्या आएको बताउँछन् । धान लगाउने बेलामै कृषि अनुसन्धान केन्द्रले सिफरिस गरेअनुसार वा सुझाव लिएर मात्रै धान लगाउनुपर्ने कृषि प्राविधिक टोपबहादुर बिकले बताए भनेर अन्नपुर्ण पोष्टको अनलाईन संस्कारणमा समाचार छापिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!