नङमा कालो धर्सा किन देखिन्छ

काठमाडौं ्र 
नङमा कालो धर्सा या प्लेट देखिने विभिन्न कारण हुन्छन् । यद्यपि, सजग हुन आवश्यक हुन्छ । किनकि, यस्ता धर्सा क्यान्सरको लक्षण पनि हुन सक्छ ।
औषधिको साइड इफेक्टका कारण पनि नङमा कालो प्लेट या धर्सा देखिन सक्छ ।
महिला गर्भवती हुने समय पनि यस्तो समस्या देखिन्छ ।
नङमा फंगल इन्फेक्सन भएमा पनि यस्तो प्लेट देखिने गर्छ ।
नङमा चोट लाग्दा पनि हुन्छ ।
यस्तो धर्साको रङ एउटै नभई फरक–फरक देखिएमा यसलाई खतराको संकेतका रूपमा बुझ्नुपर्छ । या, शरीरका अन्य पार्टमा पनि यस्तै धर्सा देखिएमा मेलानोम क्यान्सरसमेत हुन सक्छ ।
(यसबाट बच्न २ देखि ४ बजेसम्मको घाममा सकेसम्म बस्नुहुँदैन ।
सनस्क्रिम प्रयोग गरेर मात्र बाहिर निस्कने बानी गर्नुपर्छ ।








