अस्वाभाविक घटना भित्र अस्थिरता को खेल

कालीवहादुर मल्ल
नेपाल देश आफ्नो स्थापना काल देखि स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न छ।फेरि पनि नेपाल स्वतन्त्र र आफ्नो आवश्यक्तामा चल्न र चलाउन अवरोध भने निरन्तरता मै छन्।जस्तो जंग बहादुरराणा का पालामा मुल ढोकै बाट प्रबेश गरेको अंग्रेजि साम्राज्यवाद र त्यसबाट मुक्त हुन राजा त्रिभुन को बुई चढेर झ्याल बाट भित्र पसेको भारत यसका उदाहरण हुन्।स्वतन्त्र देश भएर पनि १०४ बर्ष अंग्रेज को ईसारा मा चल्ने र २००७ यता भारतको स्वार्थ अनुसार उसको इसारामा चल्दै आयो।
यहि बस्तुगत र आत्मगत अवस्था लाई नेपालका राजनितिक पार्टि खास गरि कम्युनिस्ट पार्टि ले अर्ध औपनिवेशिक अवस्था भनेर किटान गरे।आन्तरिक समस्या अर्ध सामन्ती र वाह्य समस्या अर्ध औपनिवेशिक को संश्लेषण पछि नेपाली जनताको परिवर्तनको आन्दोलन किटान भएको जग जाहेरछ।
एकथरि मान्छेले राजतन्त्र नै राष्ट्रियता को आधार भनी भ्रम पाले पनि राजतन्त्रको लामो साशनका कालमा स्थिरता देखा परेन,जस्तो ठुल्ठुला हत्याकाण्ड पुर्व द्वारा सत्तामा उक्लिने ,जो सत्तामा पुग्यो उसैको हत्या गर्ने घटना देखि २,२ मा प्रधानमन्त्री फेर्ने र अस्थिर बनाई राख्ने काम पंचायत कालमा पनि निरन्तरता मै भए।प्रष्ट भनौं चिन र भारत को सन्तुलन मिलाउन र आफुलाई सुरक्षित राख्न चिन र भारता का विश्वास पात्र दुत या प्रधानमन्त्री बनाएका घटना साक्षी का रुपमा छन।राजा महेन्द्र ले भनेका रहेछन ,ूजबजब नेपालमा संकट आउछ सुर्य बहादुर थापा लाई प्रधानमन्त्री बनाउनु।ूहुन पनि संकट आउदा थापालाई प्रधानमन्त्री बनाईयो किन कि थापा सक्षम भएर भन्दा पनि भारत का स्पेसल विश्वास पात्र हुनाले हो।अंग्रेजको वहिर्गमन पछि दक्षिण ले नेपाल लाई आफ्नो अनुकुल बनाई राख्ने चाहान्थ्यो र सधै गडबडी गर्दथ्यो त्यसको लागि थापा चाहिन्थे।
बहुदल पुनर स्थापना पछि पनि श्री ५ कोू हातमा कार्यकारी अधिकार हुदा पनि कुनै पनि सरकारको पुर्णायु भएन।अझ भनौं त देखाउनै लागि भएपनि दलिए ब्यस्था दलिय ब्यस्था र श्री ५ सरकार हुदा दलनै फुटाईदिने काम भए र यी काम निरन्तरता मै छन्।
१९४७ मा स्वतन्त्र भएको भारतको समृद्धि र सधै स्वतन्त्र नेपालमा प्रगति र समृद्धि आकास को फलूसावित भयो, यो अस्थिताकै कारण थियो।यहि अस्थिरता लाई अन्त्य गरि समृद्धि ,सुख र शान्ति स्थापनाको चेतना हो कम्युनिस्ट एकतार बहुमतको सरकार।आज देशमा ठुलो र बहुमतको बलियो सरकार छ,र जनतामा विश्वास र आशा जाग्यो।गाँस,बाँस,कपास,शिक्षा ,स्वास्थ्य ,सुरक्षा लगाएत का क्षेत्र लाई मौलिकहक का रुपमा स्थापित गर्ने जिम्मेवारी सहित युद्ध ,आन्दोलन र संघर्ष गरेका कम्युनिस्ट पार्टि को सरकार छ।
आज तिनै मौलिक हक सम्बन्धि १६ वटा ऐन पास भएर कृयान्वयन मा जादैछन्।यो नेपाली राजनितिमा लामै समय रोग को रुपमा रहेको अस्थिरता अन्त्यको सुरुवात हो।
विडम्बना १सरकार आफ्नो नीति र कार्यक्रम सहित पाईला चाल्नै खोज्दा देशमा अस्वाभाविक घटनाहरु वृद्धि हुन थालेकाछन्।
दैनिक दर्जनौं बलात्कार र हत्या का घटना ,डक्टर आन्दोलन,ब्यापारी आन्दोलन,ठेकेदार आन्दोलन,सि के आन्दोन,के सि आन्दोन हुनु कतै अस्थिरता का आधार त बन्दैनन्रुप्राचीन इतिहासमा देख्न सकिन्छ ूबुद्ध दर्शन आए पछि त्यसको ब्यापकता,जन आकर्षण र प्रभाव बढेपछि खुम्चिदै गएको हिन्दु धर्मा अनुयायि हरु अरु उपाए नलागेर बौद्ध भिक्षु को रुप धारण गरि बलात्कार ,चोरि,आगजनि,हत्या गरेर बौद्ध धर्म प्रति घृणा पैदा गरि पुनस्हिन्दु धर्म स्थापना गरे।ू
ठिक यति बेला भैरहेका अस्वाभाविक घटनाहरु तिनै प्राचीन इतिहास का घटनाका भिन्न रुप त होईनन्रुविषय गम्भीर छ।इतिहास का घटनामा बुद्ध का अनुयायिले ती घटनामा ध्यान दिएनन् र भण्डाफोर गर्दै नियन्त्रण गर्न सकेनन् र भारतमा बौद्ध धर्म विस्थापित हुन पुग्यो।तर२१ औं शताब्दीको नेपालमा सरकारले नजरअन्दाज गर्ने गल्ती गर्नु हुदैन।घटनाको गहिरो अध्ययन ,दोषि लाई कडा कार्बाहि,क्षेतिपुर्ति सहित यस्ता घटना का पछाडिको कारण पत्ता लगाई तत् तत् ठाउमा कार्बाहि अनि भण्डाफोर गर्न जरुरि छ।
नितिगत रुपमा जनताले उठाएका आवाज जो जायजछन लाई सुन्ने,सुधार गर्ने र हल गर्ने काम मा सरकार ले ध्यान दिनु जरुरिछ।ूडिंगाको जिउमा घाउ नभई हरियो झिंगा बस्दैनूभने झैं सरकारले आफुतिर फर्किएर पनि हेर्नू पर्छ कि घाउ कहाँ छ र झिंगा कहाँ बस्छ । स्थानीय सरकारहरु ले निर्धारण गरेको कुरा छ,संघिय सरकारको बजेड र करको विषय पनि उठेकाछन्,राज्यका निकाय र सरकारको शैलिमा प्रश्न उठेकाछन।त्यस्तै यति बेलासम्म पुर्ण भईसक्नु पर्ने पार्टि एकता ले पुर्णता पाउन सकेन।सरकार तीन तहकाछन सत्ता ब्यबस्थित संचालनमा पार्टिको ठोस निती र नेतृत्व चाहिन्छ ।आज पार्टिसंगठन को उपस्थिति बिना स्थानिय सरकार अन्यौल र अकरमन्यता छन् , भने अराजकताका संकेत पनि देखा परेकाछन्।
अन्तमा बर्मान परिबेशमा देखा परेका अस्वाभाबिक घटना नियन्त्रण गर्दै जनतामा विश्वास पैदा गर्न बलियो संगठन ,प्रष्ट नीति र प्रभावकारी कार्यन्वयनमा जोड दिनु पर्छ अन्यथा नपाने ले केरा पायो बोक्रै संग खायो१ूभन्ने गित ले ठाउ त पाउदैन ।
लेखक राष्टिय सभा सदस्य हुँन् ।




सम्बन्धित समाचार


error: Content is protected !!