३९ औँ शिक्षा दिवस सम्मको आईपुग्दाको मेरो शैक्षीक यात्रा 

गम बहादुर बुढा
(जनप्रिय आधारभुत विधालय चुँ डोल्पा)
संयोग नै मान्नुपर्छ ३९ औँ राष्ट्यि शिक्षा दिवश देशभर विभिन्न तामझामका साथ मनाई रहदा मेरो जागिरे यात्राले पनी २९ औँ बर्षगाठ पुरा गरी सकेछ । मलाई हिजै जस्तो लाग्छ २०४६ साल जेष्ठमा डोल्पा कै अति विकट र दुर्गम गाउँ छार्काभोटमा अवस्थीत नेपाल राष्ट्यि प्रारम्भीक विधालयमा कार्यरत शिक्षक श्री शिव शर्माको असमायीक निधन पश्चात रिक्त रहेको दरबन्दीमा २०४६।२।१५ गते बाट लागु हुने गरी मैले अस्थायी शिक्षक पदमा नियूक्ती पाएको थिए ।

उक्त नियूक्ती मैले सहजै प्रप्त गरेको थिएन । त्यसका पछाडी मेरा थुप्रैथुप्रै दुख पीडा र संघर्षका कथा व्यथाहरु समेत जोडीएका थिए । करिव चार बर्ष सम्म दुरदराज अवस्थीत बौद्ध धर्म,विव्वतीयन भाष कला र सँस्कृती अँगालेको शुन्दर अनि रमणिय गाउँका वाललालीकाहरुलाई कहिले बौद्ध गुम्वा, कहिले खुला आकाश मुनिको सार्वजानिक चौर कहिले भेडी गोठमा पढाईयो । ति अतिका अविस्मरणीय क्षेणहरु मेरो मानसपटलमा अहिले पनी नोस्ताजियाको रुपमा सुरक्षीत नै छन । बौद्ध धर्म र दर्शनबाट प्रभावीत त्यो ठाउँका मानिसहरु ज्यादै दयालु र मिलनसार थिए । छोटो समयमै उनिहरुको माया र सद्भावको पोखरीमा चुर्लुम्मै डुवेको थिए । भौगोलीक विकटता र विषम हावापानी मेरा लागी तगारो भएता पनि म त्यो ठाउँबाट सित्तिमित्ती विछोडीने मनस्थीतिमा भने थिईन ।
प्रकृतिको नियम भनौ वा जागिरे विशेषता नै भनौ २०५० सालमा जिल्ला शिक्षा कार्यलय डोल्पाको निर्णय अनुसार मलाई नेपाल राष्ट्यि प्रधामीक विधालय छार्का भोटबाट मेरोे तत्कालीन छिमेकी गाविस पाहाडाको वडा नं. ५ स्थीत श्री देउराली प्रा.वि मा सरुवा गरीयो । हृदय भरी ओतप्रोत भएर बसेको छार्काभोट आषिम मायालाई दवाएर नियमअनुसार आफु सरुवा भएको विधालयमा हाजिर भए।
मेरा दोस्रो कार्मथलो देउराली प्रा.वि पाहाडा मा सरुवा भएको २ बर्ष वित्न नपाउदै २०५२ साल फागुन १ गते बाट हाम्रो देश नेपालमा जनयूद्धको सुरुवात भयो । यूद्ध र आतंकले सम्पुर्ण गाउ बासिहरु ग्रष्त भए । सामाजिक अमन चयन विथलियो यूद्धको चपेटामा परेर हजारौ नेपालीले ज्यान गुमाउनु पर्यो । म आफु पनी धन्नैधन्नै कालको मुखमा पुगेर बाच्न सफल भए । ति दिनहरुलाई सम्झदा अहिले पनि आङ्ग सिरिङ्ग भएर आउछ । २०५५ साल असार २० गते प्रहरी चौकी लिकुले मलाई माओवादीको अभियोग लगाई दिएको निर्मम यातनाले एकातिर मेरो शारिरीक एवं मानसिक अवस्था कम्जोर बन्दै गएको थियो भने अर्को तिर माओवादी जनयूद्धले दिननुदिन व्यापकता कायम गर्दै थियो । अध्यारो रात काटेपछी उज्यालो विहानी भेटिन्छ भने जस्तै हजारौ हजार नेपाली दाजुभाई तथा दिदी वहिनीहरुका साथ दुख र संघर्षमा आफुलाई एकाकार गर्दै जादा २०६१।५।२१ गते मैले कल्पना समेत गर्न नसकेको आफैले कक्षा १ देखि १० सम्मा पढेको श्री जनप्रभा माध्यामीक विधालयको विधालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने सुअवसर मिल्यो । जतिवेला मा वि व्य.स. अध्यक्ष भए त्यती वेला विधालय ठुलाठुला विकराल समस्याले घेरीरहेको रहेछ ।

विधालयका प्रअ रेमश सरलाई तत्कालीन जनसत्तको कारवाही स्वरुप नाका बन्दी थियो भने विधालयले अघिसारेको उच्च मावि खोल्ने प्रस्ताव पनि रोकीएको थियो । मैले पदभार ग्रहण लगतै २०६१ भद्र २९ गते म र प्रअ रमेश सर तत्कालीन जनसत्ताको कार्यलय कालिका पुगी गरिएको छलफल पश्चात मैले गरेको कवुलीयत नामको आधार माथि उल्लेखीत दुवै समस्याको निकास गर्दै विधालय सुधारको अभियानमा श्री गणेश गर्ने काम शुरु भयो ।
मनमा ईमान्दारी रकाधमा जिम्मेवारी अनि दुख ईछा शक्तीको साथ अगाडी बढ्न चाहेमा अपेक्षीत उपल्ब्धीहरु हसिल गर्न त्यती गाह्रो हुदो रहेन छ । मन वचन कर्मले पाईला चाल्दै जादा दोहोरो बन्दुक को विचबाट काम गर्नुपर्ने त्यस्तो विषम र विशिष्ट परिस्थीतिमा पनि हाम्रो विधालय श्री जनप्रभा मा.वि लिकु ले मेरो कार्यकालमा शैक्षीक र भौतिक निर्माणको क्षेत्रमा उल्लेखनिय प्रगति गरेर जिल्लाकै एक उत्कृष्ट विधालय वन्न सफल भएको कुरा ईतिहास साक्षि छ ।

जसका कारण मेरो ईमान्दारीता ,कार्यकुशल्ता,र कर्तव्ययरायणको उच्च मुल्याँकन गर्दै यस भेगका बुद्धी जिवि भद्रभलादमी र आम अभिभावकहरुले क्रमश २०६१,२०६३,र २०६६ का विभिन्न जनभेलाहरुबाट मलाई लगातार ३ बर्ष कार्यकालको जिम्मेवारी सुम्पनु भएको थियो भने २०६४।१।१ मा जिल्ला भरिकै विधालय व्यवस्थापन अध्यक्षहरुको प्रतिनिधित्व गर्दै जिल्ला शिक्षा समितिको सदस्य पदमा मनोनित भै जिल्लाकै उच्च शैक्षिक तहमा रहेर काम गर्ने सुअबसर समेत प्राप्त भयो ।
आफ्नौ पेशालाई साथमै बोकेर करिव एक दशक लामो समय विधालय व्यवस्थापन जास्तो गहन जिम्मेवारी सम्हाल्दै जादा मैले थुप्रै साना ठुला समस्याहरुको सामाना गर्नु पर्यो ति मध्य २०६७ जेठमा आईपरेको दुखद घटनालाई म कहिल्यै विर्सन सक्दीन । समय आफ्नै गतिमा अगाडी बढिरहेको थियो । जेठ २२ गते करिव ३ दशक लामो समय देखि प्र.अ को जिम्मेवारी सम्हाल्दै आउनु भएका रमेश शर्मा गौतम सरले अचानक राजिनामा दिएर हिड्नु भयो ।जसका कारण विधालयमा ठुल्लै हलचल भयो । तैपनि पवित्र हृदयले काम गरेमा कुनै पनि समस्या सगँ सामना गर्न सकिदो रहिछ । सवै महानुभावहरुको सुझबुझ र सकृयताका कारण हामीले फेरी उहाँलाई विधालयमा फर्काउन सफल भयौ ।

उहाँ फर्र्किए लगतै २०६७ चैतमा हामीले जनप्रभा मा.वि को भौतीक तथा मानविय श्रोतसाधन प्रयोग गरी अर्को एक उच्च शैक्षीक सँस्था लिकु सँयूक्त क्याम्पसको स्थापना गर्ने महत्वपुर्ण निर्णय गरेर अगाडी बढ्दै गर्दा २०७० मा हाम्रो लक्ष पुरा भयो । जुन कुराले मेरो हर्षको सिमा नै रहेन । क्याम्पस सन्चालनको लागी आर्थिक स्रोत संकलन गर्न थुपै्र कार्यदलहरु निर्माण गरियो । जसको मुल नेतृत्व मैले नै सम्हालेको थिए । त्यसैले यो कार्ययोजना सफल बनाउने उदेश्यले मैले नै पहिलो चन्दा दाताको रुपमा ५०,००० । (पचास हजार) नगद क्याम्पसलाई प्रदान गरे ।

समय अविरल अमरावती जस्तै निरन्तर वगिरहेको छ । मैले आफ्नो मुल पेशा बाहेक अध्य समाज सेवाका क्षेत्रहरुबाट टाढिएको पनि आधा दशक विति सक्यिो ।आजको घडी सम्मा आईपुग्दा मेरा ति सवै शैक्षिक क्षेत्र भि रहेर गरिएका समाज सेवाका गतिविधीहरु र कर्मक्षेत्रका सकृय भुमिका ओझेलमा पारी रहेको महसुस गरी रहेको छु । यति व्यला शिक्षा क्षेत्रका दोसल्ला र अविरले रंगिएका आफ्ना तस्वीरहरु फेसबुक पेजहरुमा पोष्ट गरेर खुसीमनाई रहेका दृश्यहरु सार्वजानिक भैरहदा मेरो मनमा भने अनौठो तरगँ पैदा भई रहेको छ । बोल्नेको पिठो विग्छ नवोल्नेको चामल विक्दैन भने झै शिक्षण पेसाको तिन दशक लामो यात्रा तय गरुन्जेल मेरो मल्याँकन गर्ने उपल्लो निकायबाट खादा अविर र सम्मान पाउनु त परै जावस तैले राम्रो काम गरेका छस भन्ने मिठो बोली समेत पोउन सकिएको छैन । देशले आज विभिन्न परिवर्तनका यात्रा तय गरेर यो अवस्था सम्म पुगुन्जेल हाम्रो जिल्ला डोल्पा मा अझै भनसुन र चिनजानले टाप हानेको रैनछ भन्ने लागेर साथीहरु खदा अविर र दोसल्लाले फेसबुकमा रमाई रहदा अमिलो मनका साथ लोकप्रिय सन्चारगृह भेरीखबर डड कम मार्फत आफ्ना सुस्केरा फ्याक्दै छु …फ्याक्दै विदा हुन्छु धन्यवाद ।
गम बहादुर बुढा
प्रा.शि.द्धितिय
जनप्रिय आधारभुत विधालय चुँ डोल्पा





error: Content is protected !!