बामले यसरी हारे जुम्लामा

दिलमाया शाही जुम्ला
जुम्ला उद्योग बाणिज्य संघ जुम्लाको १३ औ चुनाबी साधारण सभावाट रज्जव अलि मनिहारको प्यानल विजयी भएको छ । निर्वाचनमा कांग्रेस निटकका रज्जव अलि मनिहारको टिम बिजयी भएको हो। यस अघिको कार्यकाल नेकपा एमाले निकटका पुर्व अध्यक्ष समेत रहेका रामदत्त रावल र माओबादी निकटका भौरव बहादुर कठायतले अध्यक्ष पदको लागि चुनाव लडेपछि बाम गठबन्धनले जज्जा स्पद हार भएको हो ।

नयाँ चयन भएको कार्य समितिले जुम्ला जिल्लामा छरियर रहेका व्यवसायीलाई एकीकृत गर्दै लिने प्रतिबद्धता ब्यक्त गरिएको छ । नीजि क्षत्रलाई शसक्त र समृद्धिको दिशामा लैजानको लागि महत्वपुर्ण भुमिका खेल्ने बताएको छ ।चुनावताका लागि प्रतिस्प्रधी भएता पनि आगामी दिनमा सवैसंग समन्वय गरेर अगाडी बढने नवनिर्वाचि तअध्यक्ष रज्जव अलिमनिहारले बताउनु भएको छ ।उहाँले भन्नु भयो उद्योग र ब्यवसायिकहरुको हक हितको लागि लड्ने बाँचा गर्न भएको छ ।

उहाँले भोट दिएर बिजयी गराउने ब्यापारी हरुलाई धन्यबाद ब्यक्त गर्दै अब आँउने दिनहरुमा व्यावसायी बीचको एकतामा जोड बताउनु भएको छ ।अध्यक्ष पदको लागि त्रिपक्ष भिड्तमा लडेका नेकपा एमाले निकटका पुर्व अध्यक्ष समेत रहेका रामदत्त रावलले ७०मत्त प्रप्त गर्न सफल हुनु भएको थियो भने र माओबादी निकटका भौरव बहादुर कठायतले १ सय २६ मत ल्याउन सफल हुनु भएको थियो । नव निर्बाचित अध्यक्ष रज्जव अलि मनिहारले १सय ९९ ल्याएर बिजयी हुनु भएको छ ।





error: Content is protected !!