२१ वर्षकै उमेरमा पाँच सन्तान

जुम्ला चन्दननाथ नगरपालिका –५ कार्कीवाडाकी नानी सुनारले २१ वर्षको उमेरमा पाँच बच्चा जन्माइन् । सानै उमेरमा विवाह गरेकी सुनार अहिले २८ वर्ष पुगिन् । अहिले उनको साथमा ३ सन्तान छन्, दुई सन्तान भने जन्मिए पछि बिते । उनले पीडा बोध गर्दै भनिन् ‘सानै उमेरमा विवाह भयो बच्चा जन्मिए, सुत्केरी अवस्थामा पोषणयुक्त खाना खान पाइएन, अहिले पाठेघरमा समस्या देखिएको छ ।

दुई हप्ता अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाठेघर चेकजाँच गरेकी सुनारालाई डाक्टरले चिवतन क्यान्सर अस्पतालको लागि रिफर गरेको छ । प्रतिष्ठानका डाक्टर निरज थापाका अनुसार जुम्लाका महिलामा बढी पाठेघरको समस्या देखिने गरेको छ । सानै उमेरमा विवाह गर्नु, पोषणयुक्त खाने कुराको अभाव, गह्रौँ कामले गर्दा पाठेघरको समस्या देखिने गरेको उनको भनाई छ ।

उपचारका लागि हारगुहार गर्दै
उपचारको लागि कसरी चितवन क्यान्सर अस्पताल जाने भन्ने चिन्ताले सुनारलाई सताएको छ । श्रीमान जागिरे त छन् तर अहिले बिरामी भएपछि श्रीमानले पनि वेवास्ता गरेको उनले बताइन् । उनले भनिन् ‘उपचार गर्ने रकम छैन कसरी चिवतन जाने भन्ने समस्या भएको छ ।’





error: Content is protected !!