डोल्पाका स्थनीय तहहरुमा छुट्टाछुट्दै कार्यक्रम , चौथो संबिधान दिवस २०७५ भब्यरुपले सम्पन्न

बि पी डोल्पाली
डोल्पा 
उमेरले ८३ पुगे दन्तसिँ कठायत ।त्रिपुरासुन्दरी नगरपालिका १ का कठायत पंचायतकालिन राज्यसत्ताका गाबिस प्रधान हुन ।उतिखेर सानो तिनो कार्यक्रमको लागि सदरमुकाम धाउनु पर्ने गदर््थ्यो ।
गाउँघरमै संबिधान दिबस जस्तो गरिमामय कार्यक्रम मनाइएको देख्न पाउँदा उनका आँखा हर्षले रसाए ।कार्यक्रममा सहभागि उनका आँख मात्र हर्षले रसाएन्न कार्यक्रममा उपस्थित सबैका आँखाहरु ह्र्ष रसाएका थिए ।
हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुमा पहिलो पटक आफ्नै घरआगनमा संघिय लोकतान्त्रिक संबिधान दिवस भब्यरुपले मनाउँन पाउँदा उनीहरुका आँखामा खुशि रसाएका हुन ।
बिगतका बर्षहरुमा सदरमुकाम दुनैमा गएर देशको मुल कानुन संबिधान दिबस लगायतका सबै खाले दिवस र कार्यक्रमहरु मनाउदै आएका थिए ।
यो बर्षबाट संबिधान दिवस लागयत राज्यले मनाउने सबैखाले दिवस स्थानीय तहहरुमा मनाउने गरि डोल्पाका त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाले जिल्ला सदरमुकाम दुनैमा नगई स्थानीय तहमै तेस्रो संघिय लोकतान्त्रिक संबिधान दिवस मनाए ।त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा नगरकेन्द्र त्रिपुराकोटमा रहेको मदरल्याण्ड फोक्सुण्डो बिद्यालयको प्राङ्गणमा बिबिध कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी तथा कर्णाली प्रदेश सभासद बदमीक्वारी बुढाले लोकतान्त्रिक र समाबेशी संबिधान २०७२ भएकाले यसको पुर्णरुपमा पालना गरि यसलाईे संस्थागत गर्न सके सबै नेपालीको लागि सर्बमान्य संबिधान बनेको अर्थ रहने बताईन ।
नेपालको संघिय संबिधानको अक्षरस पालना गरि यसमा भएका कमीकमजोरीलाई पनि समयसापेक्ष संशोधन गरेर लान सके सर्बमान्य बन्न सक्ने उनको भनाई थियो ।
संबिधानमा जेजस्तो लेखिएपनि अधिकार आफै नआउने बताउदै आफनो अधिकार संबिधानलाई आधार बनाएर लडेर लिनु पर्ने सबै
नागरिकको दायित्व भएको पनि प्रमुख अतिथी तथा कर्णाली प्रदेश सभासद बदमी क्वारी बुढाले बताईन ।
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको संबिधान दिवस समारोहमा नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढा नेपाली काँग्रेस डोल्पाका पार्टी सचिव जयनन्द उपाध्याय न्यायिक समितिका बरिष्ठ सदस्य तुलचन्द्र बुढा समाजसेवी दिलबहादुर बिष्ट लगायतका बक्ताहरुले संबिधानको सहि पालना र कार्यान्वयन हुन सके मात्र संघिय राज्यसत्ता संस्थागत हुन सक्नेमा जो दिएका दिए ।
कार्यक्रममा नगरषेत्र भित्रका आधारभुत बिद्यालय मध्येमा बिद्यालयको शैक्षिक तथा ब्यवस्थापकीय पक्षका साथै गुणस्तरमा समेत उल्लेख्यनीय कार्य गरेबापत जिललाकै उदाहरर्णिय बिद्यालयको रुपमा चिनिने हिमजोती आधारभुत बिदालयका प्रधाना अध्यापक तुलबहादुर बिष्टलाई र बिद्यालयलाई प्रसंशापत्र सहित दश हजार नगद दिएर उत्कृष्ट बिद्यालयको रुपमा सम्मान गरिएको थियो ।
नगरसेवा क्षेत्र भित्रका आधार भुत बिद्यालय र माद्यमिक बिद्यालय गरेर नौ ओटा बिद्यालयका बालबालिकाहरुले साँस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा कला प्रतियोगितामक रुपमा प्रस्तुत गरेका थिए ।
नृत्य तथा नाटट गित लागयतका कार्यक्रमहरुमा प्रथम दोस्रो तेस्रो र सान्त्वना हुने बिद्यालयका बालबालिकाहरुलाई प्रमुख अतिथी तथा कर्णाली प्रदेश साँसद बदमीक्वारी बुढा नगर मेयर ओमबहादुर बुढा र उपमेयर चन्द्रकुमारी बुढा लगायतले नगद पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका दिए ।
कार्यक्रम पुर्ब बिद्यालयका बालबालिका सहित सर्बसाधारणले त्रिपुरासुन्दरी नगरपालिकाको बजार क्षेत्र कोटबगरमा प्रभातफेरी गरि नगरकेन्द्र कोटबगरमा रहेको डोल्पाका प्रथम सहिद नन्दप्रसाद न्यौपाने सालिकमा फुलमाला चढाएर सहिदप्रतिको सम्झना गरिएको थियो ।
शैक्षिक सामाग्री बितरण
संबिधान दिवसको अवसर पारेर आर्थिक बिपन्न तथा पिछडिएका बालबालिकाहरुको लागि नौ ओटा बिद्यालयका बालबालिकाहरुको लागि शैक्षिक सामाग्री बितरण गरिएको छ ।
कर्णाली प्रदेश साँसद तथा कार्यक्रमका प्रमुख अतिथी बदमी क्वारी बुढाले ब्यक्तिगत तर्फबाट त्रिपुरासुन्दरी नगरपालिकाका त्रिपुरामाद्यमिक बिद्यालय काँटियाचौर,त्रिपुरामाबि मद्दु,महादेबप्राबी गल्ली,महाकबि देबकोटा प्राबि रल्ली सरसस्वती माबि सुँउ
महादेबप्राबि जीउँ जनप्रभामाबि लिकु लगायतका बिद्यालयका बालबालिकाहरुको शैक्षिक बिकासमा सहयोग पुगोस भनेर शैषिक सामाग्री कपी र कलम बितरण गरिएको थियो ।
यसैवीच जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम दुनैमा पनि संबिधान दिवस भब्यरुपले मनाईएको छ ।
जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाको अध्यक्षतामा दुनैमा मनाइएको संबिधान दिवस कार्यक्रममा लोकदोहोरी प्रतियोगिता समेत गरिएको थियो ।लोकदोहोरी प्रतियोगितामा भेरिखवरकर्मी सुकमाया थापाको समुह पहिलो र रेडियो डोल्पाकर्मी लेखबुढा रहेको समुह दोस्रो भएका थिए ।पहिलो तथा दोस्रो हुन समुहलाई जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।







