स्थानीय सरकारका वजेट वालुवामा पानी

दिलमाया शाही
जुम्ला ः जुम्लाका स्थानीय तहमा भएका विकास निर्माणका कामहरु सन्तोष जनक नभएको गुनासो वढ्न थालेको छ । स्थानीय सरकारले निर्माण गरेका बिकास निमर्णका योजनाहरु गुणस्तर नभएको पाइएपछि गुनासो वढेको हो ।
उभोक्ता समिती मार्फत गरिएका कामहरु गुणस्तर नभएको पाईएको छ । स्थानीय सरकारले जनताका आवश्यताका आधारमा बजेट बिनियोजन गरी काम गर्नुपर्ने कानुनी व्यवस्था छ । गाउँपालिकाले बिकासको लागि विनियोजन गरिएको रकम अनुसारको काम भए , नभएको बारेमा अनुगमन नगरी प्राविधिकको भनेको आधारमा रकम भुक्तानी दिंदा पैसा मा खर्च भएको तर काम नभएको आरोप लागेको छ । यसले गर्दा बजेट सकिने तर विकासमा गुर्णस्तर नहुँने समस्य देखा परेको सरोकारवालको भनाई छ ।
त्यस्तै जुम्ला जिल्लाको हिमा गाउँपालिका मातहात संञ्चान भएको खानेपानी ,सडक ,कणार्ली रोजगार , सिचाई लगायतका योजनाहरु प्रभावकारी नभएको पाइएको हो । बिकास निमार्णको जिम्मा लिएका उपभोक्ता समितीका पदाधिकारीहरु जिम्मेवार नहँुदा बिकास भन्दा कमाइए खाने भाँडो भएको हिमा गााउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो नागरिकले काम गरेको ज्याला धेरै माग्ने र एक दिन हुने काम दूई दिनको समय लगाउने प्रचलनले यस्तो समस्या निम्त्याएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले भन्नु भयो चाहे बिकास निमार्णमा होस या रोजगारीको क्षेत्रमा होस नागरिहरुबाट नै बजेट हिनमिना हुने गरेको छ ।उपभोक्ता समिति र प्राविधिकले झुटो प्रतिवेदन दिने र भुक्तानी लिने प्रविधि बिकास निमर्णको बाँधक बनेको छ । रोकायाले भन्नुभयो हामी नागरिकका आवश्यताका अधारमा बजेट बिनियोजित गर्दछौ ,तर नागरिकनै आफैमा जिम्मेवार हुदैनन्,। उहाँका अनुसार नागरिक र उपभोक्ता समिति बिकास भन्दा पनि खानपिन गरेर बजेट सक्याउने गर्नले बिकास निमार्णका काम अपारर्दर्शी भएका हुन ।
स्थानीय तह बजेट सक्याउने तर्फ लाग्नु भन्दा उत्पादन मुखी बिकास निमार्णमा जुट्नु पर्ने राजनीतिक दलहरुले सुझाव दिएका छन् । उनिहरुका अनुसार नागरिकहरुले जनप्रतिनिधिहरुलाई संका ,उपसंका गर्नु भन्दा पनि स्वच्छ र कर्तब्य निष्ट ब्यक्ति भएर एक रुपताका साथ बिकास निमार्णमा जुट्न आग्रह गरेका छन । हिमा गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।










