खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यानमा खोलाले बगाउदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। दार्मा गाउपालिका ६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोरा र छोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बगाउदा मृत्यु भएको हो। मृत्यु हुनेमा केसीका दुई वर्षीय छोरा मोहन केसी र ६ वर्षिया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनिहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक विरेन्द्र वहादुर शाहीले जानकारी दिए। खोलाले बगाएर बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।घाइते भएकी २८ वर्षीय मृतक बालबालिकाकी आमा पुर्णिमा केसीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरुका बाबु भने बैदशिक रोजगारीको शिलशिलामा मेलेसियामा छन्।





error: Content is protected !!