बाँकेको कुसुममा दशैअघि बिजुली बल्ने, सरोकारवाला र स्थानीयसँग सांसद नमुनाको छलफल

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर १ क की प्रदेश सांसद कृष्णा केसी नमुना केसी ले कुसुम ग्रामिण विद्युतीकरणको बारेमा सरोकारवाला र स्थानीयसँग छलफल गरेकी छन् ।
सांसद नमुना स्थानीय जनप्रतिनिधी तथा स्थानीयबासीसँग विद्यूतीकरणको बारेमा छलफल गर्न प्राधिकरणका अधिकारीहरुसहित राप्तीसोनारी गाउँपालिकाको कुसुममा पुगेकी थिइन् ।
उनले सो अवसरमा कुसुम ग्रामिण विद्युतीकरणको बारेमा अहिलेसम्म भएगरेको कामहरुको बारेमा समेत स्थलगत रुपमा नै जानकारी लिइन् ।
अन्तरक्रियामा कार्यक्रममा दशै अगाडि नै कुसुम क्षेत्रमा बिजुली बत्ति बल्ने जानकारी दिइएको थियो । सोही क्षेत्रकी सांसद नमुना, क्षेत्रीय बिद्युत प्राधिकरण नेपालगन्ज, कोहलपुर बिद्युत बितरक केन्द्र र कुसुम ग्रामिण विद्युतीकरण सहकारी संस्थाको अगुवाईमा आउने दशैसम्ममा कुसुम क्षेत्रमा विद्युतको पहुँच पु¥याईने बताइएको हो ।
सबैको सहयोगमा दशैसम्म कुसुम सब–स्टेसनबाट १३२÷११ के।भीएको लाईनबाट २ वटा फिडर निकाली १०० के।भिए ९थ्रि फेज० १३ वटा ट्रान्सफर्मरमा बिद्युत पु¥याउने लक्ष्यका साथ काम सञ्चालन भएको जानकारी पाएकी छु, –प्रदेस सांसद नमूनाले भनिन । स्थानीय सरकार, विद्युत प्राधिकरण, तथा अन्य क्षेत्रबाट निरन्तरको पहलका कारण सो नतिजा निक्लन सफल भएको उनले बताईन ।
लामो समयदेखिको पर्खाईको नतिजा आउने बेला भएको भन्दै प्रदेश सांसद नमुनाले भनिन् अब दिन गन्न मात्र सुरु गर्दा हुन्छ, केही दिन भित्रै विजुली घरघरमा पुग्छ ।
आफुले पाएको जानकारी अनुसार दशै अगाडि नै सबै गाउमा विजुली बल्ने गरी प्राधिकरणले आफु र ठेकेदारलाई तीब्रगतीमा काममा लगाएको र १३ वटा वितरण केन्द्रबाट वितरण गर्ने तयारी भएता पनि राप्ती पारीको क्षेत्रमा केही कठिनाई नआए सबैमा नत्र ९ वटा ट्रान्सफर्मबाट बिद्युत पु¥याउने लक्ष्य लिएको बताईन ।
२०७०र७र२५ मा नेपाल बिद्युत प्राधिकरण र सामुदायिक बिद्युत बितरक केन्द्रबिच सम्झौता भई २०७१ साल असार २ मा काम सुरु भई बि।स २०७२ असारमा सम्पन्न हुनुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
ठेकेदारको लापरबाहीका कारण झण्डै ४ बर्ष ढिला भएको योजना बिद्युत प्राधिकरण र स्थानीयको सहयोगमा दशैसम्म सबैको घरमा बिद्युत पु¥याउने योजनाका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।
राप्तिसोनारी गाउँपालिका वडा नं। १ कुसुममा अहिलेसम्म बिद्युतको पहँच पुग्न सकेको थिएन । सामुदायिक बिद्युतीकरण संस्थाको माध्यमबाट बितरणका लागि बि।स २०६३ बाट पहल भएको कुसुममा असोजको अन्तिमबाट बिद्युत बाल्न पाउने आसामा रहेको सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले खुसी व्यक्त गरे ।
कोहलपुर बिरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई ९ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका १ हजार घरधुरीले बिधुतको उपभोग गर्न पाउने गरी काम भइरहेको बताए ।
कुसुममा २ हजार ८ सय २५ घरधुरी रहेका छन् । वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्थानीयले अझै पनि आश्वासन मात्रै हुने हो कि भन्ने आशंका गरेका थिए ।
सोही अवसरमा सांसद नमुना र प्राधिकरणको टोलिले सव स्वटेशन, गाउँहरुमा भइरहेको वितरण प्रणालि लगायतको अवलोकन समेत गरेको थियो ।










