जनप्रतिनिधीको घरमा स्थानीय सरकार

सन्जय केसी
जाजरकोट ः यहाँका जनप्रनिनिधीले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्च स्वरुप रकम झुक्तानी गदै लिने गरेको पाइएको छ ।
जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गदै आएको वर्ष दिन वित्यो । उत्ता लिम्सामा समपर्क कार्यालय भएपनि सवै काम सदरमुकामबाटै हुँने गरेको छ । गाउँपालिकाका लेखापाल राजवहादुर सिंहको घरमा एक वर्ष अघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ । त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुँने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिले कहिले काँही काम हुँने गरेको छ । गाउँमा पनि भाडाको घरमा कार्यालय रहेको छ ।
सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डवल भाडा तिदै आएका छन् । सदरमुकाम खलंगामा भेरी नगरपालिकको आफ्नै भवन वन्दै छ । भवन नवन्दा सम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भईरहेको नगरपालिकाले जनाएको छ ।
गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा वस्दै आएको नलगाडले पनि वडा देखि नगरपालिका कार्यालय सम्मको भाडा तिदै आएको छ । नलगाड नपा वडा ८ स्थित मन्मैमा साविकको खगेनकोट गाविसको भवन छदाछदै वडा अध्यक्ष गोविन्द शाहीको मनोमानी कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरवहादुर विकले बताए ।
शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक ५५ हजार रुपैयाँ भुक्तानी गर्द आएको छ ।
छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी डवल भाडा तिरेर दैनिक काम गदै आएको छ ।
तथ्यांकअनुसार गत आवमा यहाँका सात स्थानीय तहले ५० लाख भन्दा वढी रुपैयाँ घर भाडामा भुक्तानी गरेका छन् ।
सदरमुकाममै घर भएका जनप्रतिनिधीले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका ७ स्थानीय तहले गत आवमा ५० लाख रुपैयाँ घर भाडामा खर्चेको तथ्यांक देखिन्छ।
तस्विर कान्तिपुरबाट साभार










