नलगाडमा सुरु हुँने भो बाली विज्ञान पढाई

जाजरकोट , लामो समयको प्रयास पछि जाजरकोटको नलगाडमा बाली विज्ञान पढाई हुने भएको छ । त्रिभुवन माध्यमकि विद्यालय दल्लि, मा तीन वर्षीय बाली बिज्ञान पढाई सुरु हुने भएको हो ।
प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद् सानोठिमी,भक्तपुरमाबाट अनुमती दिए संगै बाली विज्ञान वढाई हुँने औपचारिक बाटो खुलेको सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । सांसद सिंहका अनुसार पुर्व गृहमन्त्री जर्नादन शर्माको पहलमा सो बाली विज्ञान पढाई सुरु हुन लागेको हो । असोज महिनाबाट भर्ना सुरु भई पढाई सञ्चालन हुँने सिंहले बताउनुभयो । त्रिभुवन माविको जग्गा , भवन र आवश्यक वजेट भएपछि यो वर्ष देखि प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद् ले अनुमती दिएको सिंहले बताउनुभयो ।

सिंहले चुनावको समयमा दल्लीमा प्राविधिक विषय पढाउन सुरु गर्ने चुनावी एजेण्डा थियो । चुनावी एजेण्डालाई व्यावहारमा लागु गरेको भन्दै त्रिभुवन माविका प्रधानाध्यापक नारायणवहादुर सिंहले सांसाद सिंहलाई बधाई समेत दिएका छन् । यो विषय जाजरकोटमा पढाई नहुँदा जिल्ला बाहिर जानुपर्ने वाध्यता रहेको थियो ।










