मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव कुटिए

काठमाडौ ः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न नदिईएको भन्दै मन्त्री यादवका स्वकीय सचिव कुटिएका छन् । बुधबार मन्त्री यादबलाई भेट्न शिंहदरबार पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले मन्त्रीसंग भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई मन्त्री कै कार्यकक्षमा कुटपिट गरेका हुन् ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई आग्रह गरेका थिए । स्वकीय सचिव विष्टले मन्त्री व्यस्त रहेको भन्दै लामो समय कुराएर पनि भेट्न समय नमिलाईदिएपछि कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै विष्टलाई कुटपित गरेका हुन् । साँझ ६ बजेसम्म पनि मन्त्री यादबलाई भेट्न नपाएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए । यसअघि पनि नेकपाका कार्यकर्ताले शिंहदरबार भित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई कुटपिट गरेका थिए ।

आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का तथा कुर्सिले हानेका थिए । त्यसक्रममा उनले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!