डोल्पामा विप्लव माओवादीको चन्दा आतंक, जथाभावी चन्दा उठाउने कार्यकर्ता निश्कासित

डोल्पा – नेत्र विक्रम चन्द९बिप्लव०नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई चन्दा दिन दबाब दिएको छ।
न्यूनतम १०हजार रुपैयाँदेखि माथि जतिसुकै रकम अनिवार्यरुपमा पार्टीलाई चन्दा उपलब्ध गराउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरेपछि जनप्रतिनिधिहरु आतँकित भएका छन।
प्रत्येक वडाबाट एक लाखरुपैयाँ सम्म चन्दा सहयोग उपलब्ध गराउन भनेको त्रिपुरासुन्दरी नगरपालिका–१ अध्यक्ष कर्मसिहं थापाले बताए। ‘वडामा त्यस्तो सहयोग दिने बजेट नै छैन,कसरी सहयोग गर्ने समस्या परेको छ,’ उनले भने, ‘नगरौ भने चेतावनी पनि दिएका छन यसले हामीहरु लाई समस्या पारेको छ।’
नेकपाको जिल्ला नेतृत्वले स्थानीय तहमा चन्दा सहयोग माग गरेको बारे कुनै धारणा सार्बजनिक नगरे पनि निर्णय बिना चन्दा असुली गरेको भन्दै पार्टीकै कार्यकर्तालाई कारवाही गर्ने जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि डोल्पाका सेक्रेटरी इन्चार्ज शेराप भनिने इन्जन रोकायाले डोल्पा मुड्केचुला गाउँपालिका वार्ड ८ का नेकपाका सदस्य दन्त परियारलाई पार्टीबाट निश्कासन गरेको जनाएका छन्।
परियारले जिल्ला कमिटि र जनपरिषदको निर्देशन तथा जानकारी बिना मनोमानी ढँगले चन्दाअसुली गर्ने, मुद्दा मिलाउने तथा पार्टीको नाममा ऋण माग्ने गरेको पाइएकोले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरिएको बिज्ञप्तीमार्फत जनाएका छन।










