प्रदेश मन्त्री संग योजना माग्दा केन्द्रका मन्त्री सिकाएपछि

हेमन्त केसी 
जाजरकोट मन्त्री ज्यू यहि पारी नयाँ शहर , विमानस्थल , भव्य अस्पताल अनि त्यसको वरीपटी खानेपानी नपाउँने हामी ? किन विभेद भयो, हामीलाई प्रश्नको ओईरो लगाउँदै जाजरकोट भेरी नगरपालिका वडा १३ कुदुबासीले कर्णाली प्रदेशकी मन्त्री विमला केसीलाई भने ।
मन्त्री पनि के कम , जाजरकोट बाट केन्द्र सरकारमा रहनुभएका बन तथा बातावरण मन्त्री शक्ति बस्नेतलाई भन्नु न , हामी संग सानो वजेट हुन्छ कसरी तपाईहरुका माग सम्वोधन गर्न सक्छौ ? मन्त्री र स्थानीयको आधा घण्टा भलाकुसारी पछि कुदुमा भएको एक सहकारी उद्घाटन गदै मन्त्री केसी भन्नि , मेरो मन्त्रालयबाट गएको वजेट सवै ठाउँमा सदुपयोग भएको छ । एक रुपैया हिनामिना हुँन् दिन्न । यो भवन पनि कति राम्रो बनाउनुभएको रहेछ धन्यवाद मन्त्री केसीले भनिन् । यसरी आज भोली प्रदेशका मन्त्रीहरु साना योजना हाम्रो भाग , ठुलो योजना केन्द्र सरकारको भाग भन्दै जनता संग छलफल गर्न थालेपछि साना मन्त्री र ठुला मन्त्री भनेर जनताले अथ्याउन थालेका छन् ।
करिव १० लाख लागतमा निर्माण भएको सहकारी भवनको उद्घाटन गदै मन्त्री केसीले भनिन् योजनाहरु डवल हुनुहुदैन , कर्णाली प्रदेशमा वढी मिलाएर खानेको संख्य ठुलो छ । अहिले मन्त्री के सी गाउँ गाउँमा आफ्नो मन्त्रालयबाट हालेको वजेटबाट भएको कामको अवलोकन गदै हिडिरहेकी छिन् । कुदुका स्थानीयहरु वषौदेखि खानेपानीको अभावमा भेरी नदीको फोहोर पानी पिउँन वाध्य भएका छन् । सयौ रोपनी जग्गा समेत सिचाईको अभावमा वर्षेनी हिउँदयाममा वाँझै रहने गरेको छ । ठुलो फाँट भएपनि , सिचाईको अभाव र सरोकारवालको ध्यान नपुग्दा यहाँका स्थानीयहरु हैरान भोग्दै आएका छन् ।










