विव्यस अध्यक्षले नटेरेपछि सहयोग माग्दै प्रशासनमा

जाजरकोट । विव्यसका अध्यक्षले शिक्षक छनोट प्रक्रियामा अवरोध गरेको आरोप लगाउँदै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह र विद्यालयका प्रधानाध्यापक रत्न थापाले प्रशासनको सहयोग मागेका छन् । आफु अनकुलको व्यक्ति शिक्षक बन्ने नदेखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक न्यूक्ति प्रक्रियाबाट अलग भएको उनीहरुको आरोप छ ।
जिल्लाको बारेकोट गाउपालिका ७ स्थित सीता आधारभूत विद्यालयको आधारभूत तह ( ६–८ ) को अंग्रेजी विषयको शिक्षण सिकाई अनुदान कोटाको शिक्षक छनौटका लागि शिक्षा विकास तथा समन्वय ईकाइ खलंगामा गत आईतवार लिखित परीक्षा लिईएको थियो । उक्त लिखित परीक्षाको नजिता आए लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मालवहादुर ओली सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतललाई गाउँपालिका अध्यक्ष र प्रअले सुनाएका छन् ।
विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नै अस्थायी÷करार शिक्षक छनौट समितिको संयोजक रहने ब्यवस्था रहेको छ ।छनौट समितिमा विद्यालय निरीक्षक, दुई जना विषय विशेषज्ञ र प्रअ रहने ब्यवस्था शिक्षा नियमावलीमा गरिएको छ । अन्र्तवार्ता नगराएरै हिडेपछि विद्यालयले स्थानीय प्रशासनलाई सहजीकरणका लागि बुधवार लिखित अनुरोध गरेको छ ।
बिद्यालयमा ८ जनाले दरखास्त दिएकोमा मोहन विक, धर्मराज थापा र गोपाल थापा तीन जना मात्र लिखित परीक्षामा उर्तिर्ण भएका थिए । उनीहरुको सोमवार मौखिक परीक्षा अन्र्तवार्ता राखिएको थियो तर अध्यक्ष ज्यु अन्र्तवार्ता नै नगर्ने भन्दै हिडेपछि स्थानीय प्रशासन लाई आवश्यक कारबाहीको लागि अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । प्रमुख जिल्ला अधिकारी बस्नेतले टेलिफोन मार्फत छिटो प्रक्रिया टुग्याउन अनुरोध गरिएको बताए ।










