सुर्खेत–जुम्ला हवाई सेवा शुरु

दिलमाया शाही

 

जुम्ला ः कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि शुरु भएको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गर्नुभएको हो । उहाँसंगै उक्त जहाजबाट आज १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गर्नुभयो ।

साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताउनुृभयो । “यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,” उहाँले भन्नुभयो, “यसले यहाँका पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।”

सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर रु तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिनुभयो । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ ।

सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उहाँको भनाई छ ।

जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिनुभयो ।

मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि रु एक करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न रु एक करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति रु ५५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।
पर्यटनको सम्भावना अवलोकन गर्न पर्यटन मन्त्री जुम्लाको सिंजामा ।

जुम्ला जिल्लाको पर्यटन सम्भावना वुझ्न कर्णाली प्रदेशका पर्यटन उद्योग तथा बातावरण मन्त्री नन्दसिंह बुढाको टोली जुम्लामा पुगेको छ । पर्यटन क्षेत्रको अथाहा सम्भावना र नेपाली खस भाषाको उदगम स्थल भनेर चिनिने सिंजा क्षेत्रमा मन्त्रि नेतृत्वको टोली अवलोकनको लागी पुगेका हुन । पर्यटकीय सम्भावनाको जानकारी लिन तथा खस सभ्यताको वारेमा जानकारी लिन सिंजामा आएको मन्त्रि बुढाले बताउनु भयो । उहाले नेपाल पर्यटन पत्रकार संघ जुम्लाले बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भन्नु भयोे पर्यटकीय प्रव्र्धनका लागि प्रदेश सरकारका कार्यक्रमहरु प्रभावकारी भएनभएको बारेमा बुझन आएको हु । मन्त्रि बुढाका अनुसार गिरीदह ,गोठिचौर र सिजा गरेर जुम्लाका तिन वटा क्षेत्रहरुमा अवलोकन गरिने छ उहाले भन्नु भयो सिजा क्षेत्रको पर्यटन प्रवर्धन गर्नका लागि रु एक करोडको बजेट समेत बिनियोजन गर्ने निर्णय भएको छ।

उहाँले यहाँको पर्यटनका सम्भावनाको अध्यान गर्नको लागी र पर्यटन सम्बन्धी छुट्याईएको बजेट सदुपयोग भए नभएको बारेमा जानकार िलिन आएको बताउनु भयो । पर्यटन क्षेत्रको अबलोकन गर्न प्रदेश सरकार पर्यटन मन्त्रीबुढा सहित सिंजा निर्वाचन क्षेत्रका सांसद पदम रोकाया समेत सिंजा क्षेत्रमा पठाएको हो । त्यस्तै पर्यटन मन्त्री बुढा र सांसद रोकाया सहितको टोली एक रात नेपाली भाषाको उद्गमस्थल सिंजामा बिताएर । यहाँको पर्यटन सम्भावनाको बिषयमा समेत विभिन्न निकायहरु सँग छलफल तथा वहश गर्ने भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!