कर्णालीको खस सव्यता हराउँदै

दिलमाया शाही
जुम्ला ः नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सभ्यता लोप हदैँ गएको छ । बाईसे र चौबीसे राज्यको अस्तिव्यका समयमा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मे हम्मे परेको पाईएको छ ।सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइउको छ ? जुन कर्णालीको लागि दुभाग्य नै हो । त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारक तत्वहरु हुन् । यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ । सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथ साथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्म सम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँदछ।
परिचित सिंजा क्षेत्र
त्यस्तै सिंजा इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित छ त्यसका साथै सिंजा बौद्ध धर्मको संम्वर्धक र सम्भारक थलो पनि हो, भन्ने इतिहासले प्रस्ट पारेको छ । यही विरासतले यो क्षेत्रको जग अडिएको छ यस क्षेत्र यस कुराले परिचित छ । अझ भन्नेहो भने यस क्षेत्रलाई देउडा संस्कृतिको घेराले बाँधेको छ । सनातनी मष्टो देवता , देउडा, देवी (देउती बजै सुर्खेत), बडीमालिका, काँक्रेविहार (मध्यकालीन खस राज्यको बौद्ध र हिन्दुहरूको अनुपम साझा नमुना) यस्तो संस्कार र संस्कृतिले घेरेको थलोको रुपमा परिचित छ । मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो । जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो । जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदा चित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर पुनः धुनी जगाइन्थ्यो भन्ने चलन रहेको पाईन्छ ।

त्यस्तै सिजा क्षेत्रको आफ्नै, सांस्कृतिक भेषभुसा रितिवाज रहेको छ । याउल्या गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना त देखाउँछ नै, वर्तमान हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गरेकोछ ।खससभ्यता राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगत देखि वर्तमान सम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको महसुुस कर्णालीवासीले गरेका छन ।जुम्लामा जन्म र मृत्यु हुदन दिईने चामल बितरणले कर्णाली भोकमरीको चपेटामा छ भन्ने भ्रम चिरेको थियो ।’ त्यसो त यो यहाँ उत्पादन बढ्न थालेको एउटा प्रमाण पनि हो । स्नातोकत्तरको अनुसन्धानमा ‘कृषि तथा खाद्य वस्तुमा विषादीको प्रयोग र यसको मानव स्वास्थ्यमा असर’ विषयमा शोधपत्र तयार पारिएको थियो । २०७४ मा आइपुग्दा कृषि उपजमा एक सय २० प्रतिशतले विषादी प्रयोग दर बढेको छ । देश संघीयतामा गएपछि बनेको कर्णाली प्रदेश सरकारले मन्त्री परिषद्को पहिलो बैठकबाट यस भूगोललाई प्रांगारिक प्रदेश बनाउने घोषणा गरेको थियो।
के पाईन्छ कर्णालीमा
बहुमूल्य जडिबुटीहरु खानि मानिन्छ कर्णाली ,विश्व प्रख्यात एवम् बहुमूल्य जडिबुटीहरु जस्तै यार्चागुम्बा , जीवनबुटी केशर, गुच्चिच्याउ , सतुवा (तीनपाते र सातपाते ) ,बनल्हसुन , जंगली मूला,अत्तिस , कटुको (कुटकी) , पा“चऔले ( हातेजरा ), जटामसी , निर्विषी , विषमा ,गै¥ह जडिबुटीमा सिलाजित , देवदार , लोठसल्ला , विषजरा , तितो ( चिराइतो ) , सुगन्धवाल आदि ७०० देखि २००० भन्दा बढी जाति प्रजातिका जडीबुटी र १ ४०० औषधी जन्य विरुवा कर्णालीको बन जगल र भुमिमा पाईने गरेका छन ।ँअहिलेसम्म तीहरुको कुनै मान्यता दिईएको छैन ति बहुमूल्य जडिबुटीहरु जंगलमा सिमित छन्। भने लोप हुने खतरा बढी रहेको छ । अन्य केही जडिबुटी जस्तै तितो , अत्तिस, कटुको , सुगन्धवाल, जटामसी आदिको घरेलु करण गर्न थालिएको छ ।
यिनीहरु हजारौं हजार देखि लाखौ आन्दानीका स्रोतहरुमा छिटैँलोप हुने सम्भावना बढीरहेकोछ । यीनीहरुको संरक्षण,सबद्र्धन र व्यवस्थापनको लागि छिटो भन्दा छिटो सरकारी नीति नियम, ऐन र सरोकारवाला निकाय सचेत हुनु आबश्यक रहेको जुम्लाका सरोकारवालाहरुले बताएकाछन। जिम्मेवार निकाय र जिम्मेवार व्यक्तिहरु जडीबुटी संरक्षण भन्दा पनि कमाउ धन्दामा बढी छन,। सिंजा क्षेत्र इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, अर्थात खस सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित भएपनि पछिल्लो सयमा धरापमा रहेको छ ।








