खाद्य संकट टार्न नयाँ खाद्य डिपो स्थापना

जाजरकोट (रासस) ः नेपाल खाद्य संस्थान नायकवाडा स्थित घाट डिपोका कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको छ । निरन्तर लामो समय देखि कार्यालयमा उपस्थित नभएको भन्दै कारवाहीका लागि सिफारिस गरेको हो ।
डिपोमा रहेको चामलमा समेत अनियमितता भएको आरोप समेत लागेको छ । ५२ क्विन्टल ३६केजी चामल हुनुपर्नेमा ३० क्विन्टल ३० किलो मात्र भेटिएको भन्दै कारवाहीको लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । चामल विक्री गरेको हिसाव र डाटा समेत नभएकोले घाट डिपोका प्रमुख रुद्रवहादुर देबकोटलाई कारवाहीका लागि सिफासिर गरिएको उहाँले बताउनुभयो । भदौ १३ देखि हाल सम्म कार्यालयमा हाजिर नभएको र यो भन्दा अगाडी पटक , पटक कार्यालयमा नहुँदा कार्यालयमा काम गर्न समस्या भएको आरोप उहाँ माथि लागेको छ ।
त्यस्तै दसेरा खाद्य डिपोमा कर्मचारी नहुँदा समस्य भएको छ । पटक , पटक कर्मचारी पठाउन केन्द्र संग ताकेता गरेपनि कर्मचारी पुर्ती नगरेको पाईएको छ । अहिले यहाँ एक गेडा चामल नभएको नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मवहादुर वस्नेतले बताउनुभयो । ठेकेदार र स्थानीयको रोहवरमा चामल वितरण हुँदै आएको उहाँको भनाई छ । नयाँ ठेक्का स्वीकृत भएपछि मात्र दशेरा डिपोमा चामल ढुवानी हुँने उहाँको भनाई छ । त्यस्तै जिल्लाको नलगाड नगरपालिका वडा ५ कालीमटीमा नेपाल खाद्य संस्थानको नयाँ खाद्य डिपो स्थापना हुँने भएको छ । मन्त्री स्तरिय निर्णय अनुसार तत्काल कालीमटीमा डिपो
स्थापना हुँन लागेको सांसद कालीवहादुर मल्लले बताउनुभयो ।
वाढी, पहिरोबाट यहाँको सवै खेतियोग्य जमिन वगाएपछि खाद्यान्न आपुर्ती गर्न तत्काल १ हजार क्विन्टल चामल पठाउन मन्त्री स्तरिय निर्णय भए संगै हप्ता दिन भित्र नलगाड वासीले खाद्यान्न पाउने भएका छन् । त्यस्को लागि आवश्यक प्रक्रिय पुरा भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले बताएउनुभयो ।
जिल्लाको जुनिचाँदे गाउँपालिकामा समेत तत्काल अर्को डिपो स्थापना गरि त्यहाँ पनि खाद्यान्न आपर्ती गर्ने सहमती भएको सांसद मल्लले बताउनुभयो । बारेकोट डिपोमा चामलको मात्रा थपेर खाद्य संकट हल गर्ने योजनामा लागेको सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । दशै र तिहारको मुखमै खाद्यान्न भने जति सवैले पाउँने सिंहले बताए । यत्ता जिल्लामा चलेको दररेटको कुरा समेत फाईनल भएको खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मवहादुर वस्नेतले बताउनुभयो ।
हेमन्त के सी










