स्याउले फेरेको जुम्ली किसानको दैनिकी 

दिलमाया शाही जुम्ला ः पछिल्लो समयमा जुम्लाका स्याउ किसान हरुको दैनिकी फेरिदै आएको पाईएको छ । जुम्लामा सुरुमा स्याउको नाम लिने वित्तिकै झन्झट मानेका किसानहरुको दैनिकी सडक सञ्चाल जोडिय पछि फेरिएको हो ।

गत्त वर्षहरुमा श्रावण महिनामै हरियो स्याउ टिपेर विक्रिका लागि सुर्खेत, नेपालगंज, बुटवल र भैरहवा हुँदै काठमाण्डौ पु¥याएर घाटा व्यहोरेका स्याउ कृषक तथा व्यापारीहरुले यस सालबाट स्थानीय तहरुले भदौमा स्याउ टिप्ने निणर्य गरिए पछि स्याउले किसानको जीवन फेरेको छ । ढिला टिपेको स्याउ स्वादीलो र दाना पोटिलो हुने हुदा स्याउले भनेजति बजार पाए पछि कृषकको जीवन नै फेरिएको हो। जुम्लाको स्याउले अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा बगैंचाको रंग फेरेको थियो ।

त्यस्तै चन्दननाथ गरपालिका २ भण्डारी गाउका किसान रत्न बहादुर भण्डारीको जीवन पनि स्याउले फेरेको छ। उहाले काँचो स्याउ विक्रि गरेर बदनाम भएको भन्दै स्याउको ७५ प्रतिशत रगं भरिएपछि टिपेको बताउनु भयो ,। उहाँले भन्नुभयो जुम्लाको स्याउँ किन्नको लागी यो सालमा बगैंचामानै ब्यापारिहरु पुगे । यसपटक पहिलेको जस्तो स्याउ विक्रि गर्नको लागी दुख पाएन भण्डारीले भन्नु भयो । आफुले स्याउबाट राम्रो आम्दानी गरेको भन्दै अरु आय श्रोतको खोजिमा आफु नलागेको बताउनु भयो । भण्डारीका अनुसार पहिले पारिवारिक खर्च धान्नमा धौ धौ भइरहेको अवस्था थियो ।अहिले स्याउ बगैंचाले नै हाम्रोे जीवन फेरेको छ ।

पछिल्लो समयमा जुम्लामा स्याउ सुपरजोन र स्याउ प्रसोदन केन्द्रल जुम्लाले स्याउको बिभिन्न क्षेत्रमा काम गर्दै आए पछि किसानलाई सहज भएको हो । स्याउ जथाभावी कार्टुनमँ राख्दा स्याउमा दाग लाग्ने जस्ता समस्या भोग्दै आएका किसानले संस्था मार्फत तालिम पाएपछि उनिहरुले मनग्य आम्दानी गर्न थालेका छन। स्याउ सुपरजोन जुम्लाले स्याउ टिपेर कार्टनुमा राख्ने तरिका, स्याउ टिप्नका लागि प्रयोग गरिने झोला, स्याउ टिपि सकेपछि स्याउको विंड काट्न प्रयोग गरिने कैची स्याउ तौल गर्नका लागि तौल मशिन र स्याउ राख्नका लागि कार्टुन कृषकका स्याउ बगैंचामै गएर स्याउ कृषकलाई उपलब्ध गराएको छ ।यस्ता खालका आधुनिक तरिका अपनाय पछि स्याउले मुल्य पाइएको किसानहरुले बताएका छन ।जुम्लाको मुख्य आयश्रोत मानिने स्याउबाट किसानहरुले मनग्य आम्दानी लिन पाएपछि उनिहरुका दैनिकी पहिले भन्दा अहिले फेरीएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!