गत्त साउन ३१ गते बडीमालिका गएको सरकारी टोली १७ दिनको पैदलयात्रा पछि आज जुम्ला पुग्यो


दिलमाया शाही जुम्ला ,
तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लावाट पुजा आजाको टोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका एक कर्मचारी नेतृत्वमा गएको टोली आज बडिमालिका बाट फर्केर जुम्ला पुगेको छ । गत्त साउन ३१ गते जिल्ला प्रशासन कार्यालय जुम्लाका नायव सुब्बा बिष्णु बहादुर महत नेतृत्वको बडीमालिकाका् नासो ल्याएर आज जुम्ला पुगेका् हो ।।
।नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, चन्दननाथ वावा र दरवार मालिकाको सलामी अर्पण पछि टोलीलाई विदाई गरेर पठाइउको थियो ।भने आज स्वागत्तको लागी पनि नेपालि सेनाले सलामी अर्पण गरेको हो ।
साउन ३१ गते नाग पञ्चिमीका दिनमा वडिमालिका तर्फ प्रस्थान गरेको ठोली आज जुम्ला पुगेको छ ।१७ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजा आजा गरेर खलंगामै फर्केका्े छ । परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चल्दैआएको छ,, जुम्लाका दर्शनालुहरुका अनुसार वढिमालिका माईको पुजा आजा गरेर मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । १७ दिनको लामोयात्रा पछि जुम्ला पुगेको टोलीलाई जिल्ला नेपाली सेना नेपाल प्रहरीको सलामी पछि टोलिलाइ स्वागत्त गरिएउको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल र नेपाली सेना , शसस्त्र प्हरी लगायतका सरकारी प््रमुख, राजनैतिक दल, र स्थानियले अक्षता र ध्वजा पतकाका साथ स्वागत्त गरिएका छन। उक्त टोली पुगेको दुइ दिन पछि जुम्लामा लाख्य काट्ने चलन छ । जारौको संख्यामा स्वागत्त गर्न आएकाहरुले दर्शनालुहरुलाई सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गर्दछन ।
बडीमदिकाबाट आएको टोलीलाई सशस्त्र प्रहरी वलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई बेण्ड बाजा, डोल बजाएर बिगुल फुकेर स्वागत्त गरेको छ । बडि मालिका भगवतीको लागी जिल्ला प्रसासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ । यस पटक पनि भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाईएको थियो । धार्मिक मान्यता अनुसार चन्दननाथ बाबाले बडीमालिका जुम्लाको स्याउ लगायतका फलफुल नासो लिइए जाने र बडीमालिकाले र चन्दननाथ बाबा लाई कृुनै खालको बाँधा नहोस बनेर आर्षिक चलन रहिआएको छ ।










