सामान चोरी गरेको आरोपमा दुई जना पक्राउ

लेख बुढा डोल्पा 

चीनबाट ल्याईएको सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १० बस्ने राजेश धरालाले चीनबाट खच्चर द्धारा विभिन्न सामानहरु ल्याई ठुलीभेरी नगरपालीका वडा नं. ३ स्थित दुनै बजारको डेन्टल अस्पताल नजिकैको खाली जग्गामा त्रिपाल टागी राखेको सामान यहि भाद्र १३ गते राती चोरी भएको थियो ।
आफुहरु रातीको समयामा सुतिरहेको अवस्थामा ,बलाङकेड १६ थान,फाईबर सिरक ४ थान,डलब एक थान,छालाको टाटो एक थान,स्पोर्ट जुत्ता १२ जोर,बिस्कुट १७ पिस्,चक्लेट ३ पोका,छुर्पी १५ पोका,र ज्याकेट एक थान चोरी भएको भनी राजेश धरालाले निवेदन दिए पछी अनुसन्धानको क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठुलीभेरी नगरपालीका वडा नं. ३ बस्ने २२ बर्षका रेशम शाहीले आफ्नै घरमा लुकाई राखेको ,बलाङकेड १ थान,फाईबर सिरक १ थान,डलब एक थान,घोडामा राख्ने टाटो एक थान,विष्कुट १ थान, र त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. २ घर भै हाल ठुलीभेरी नगरपालीका ३ दुनै स्थीत वुलु बर्च बस्ने २० बर्षका दान बहादुर उखेडाले लुकाई राखेको बलाङकेड ३ थान सहीत निज दुवैलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जानकारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!