डोल्पामा तीजको रौनकता बढ्दै

लेख बुढा डोल्पा । हिमाली जिल्ला डोल्पामा तीज नजिकिदै गर्दा चहलपल बढ्दै गएको छ । नेपाली महिलाहरुको महान् पर्वको रुपमा रुपमा रहेको हरितालिका तीज मनाउने दिन नजिकीदै गर्दा सदरमुकाम दुनै बजार ,जुफाल बजार,त्रिपुराकोट लगायत जिल्लाका विभिन्न ठाउँहरुमा तीजको चहलपहल ह्वतै बढेको हो ।
केहि साता पहिला सुनसान देखिने सदरमुकाम दुनै बजार केही दिन देखि तीज विशेषका सामग्रीहरुले झिलिमिली देखिएको छ भने महिलाहरु तीजको तयारीका लागि बजारमा आउँदा चहलपहल वढेको हो । त्यस्तै तीज आउनु भन्दा एक महिना पहिले नै दर खाने चलन डोल्पामा पनि देखिएको छ । सवै महिला दिदी वहिनीहरु जम्मा हुने विभिन्न परिकारका खानेकुराहरु खाने भेटघाट गर्ने अनि रमाईलो गर्ने गरेको पाईएको छ ।
यस बर्षको कृष्ण जन्म अष्ट्मीको अघिल्लो दिन शुक्रबार सदरमुकाम दुनै बजारमा रहेको मरमर होटेल एण्ड गार्डेन रेष्ट्ुरेन्टमा महिला दिदि वहिनिहरुले दरखाने कार्यक्रम गरी रमाईलो गरेका छन् । नेपाली महिलाहरुको महान चार्ड तिज नजिकीदै गार्दा बजारमा स्थानीयको चहलपहल बाग्लो भएको र व्यापार पनी रामै भएको व्यवसायी क्रिस केसीले बताउनु भएको छ । उपल्लो डोल्पामा बसोबास गर्ने बौद्ध धर्मावलम्वीहरुका महिला दिदि बहिनिहरु पनी पछिल्लो समयमा तिज विशेष कार्यक्रममा सहभागी जनाउने गर्दछन । अहिलेको आधुनिकताले छोएको बजारले गर्दा डोल्पा जिल्लामा पुराना लोकभाकाहरु हराउदै गएकोले स्थानीय जानकार जयराम थापाले चिन्ता व्यक्त गर्नु भएको छ । आफ्नै लोक भाकाहरु गाउने मादल बजाउने चलन विस्तारै हराउदै गएको पनी उहाँले बताउनु भएको छ ।







