अग्रिम हाजिर गर्ने डाक्टरलाई कारबाही सिफारिस

जाजरकोट ः महिना नबित्दै अगाडि नै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ । जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा। पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार बिहीबार प्रकाशन गरेपछि उनलाई कारबाही प्रक्रिया थालिएको हो ।

समाचार प्रकाशन भएपछि जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा जाजरकोट अस्पतालमा गरिएको छड्ने अनुगमन क्रममा कार्यालय प्रमुखलाई जानकारी नै नदिन हाजिर रजिस्टरमा साउनभरिको हाजिर जनाई नेपालगन्ज गएको पाइएको निजलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।

महिनाभरिको हाजिर एकै पटक गरेर डाक्टर बेपत्ता
‘उनको हाजिर जाँच गर्दा साउनभरिको हाजिर अगाडि नै गरेर जिल्ला छाडेको पाइयो । अनुशासनहीन काम गर्ने डा।राईलाई स्वास्थ्य सेवा ऐनअनुसार आवश्यक कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायत निकायमा लिखित पत्राचार गरेका छौ’, प्रजिअ बस्नेतले भने ।

उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । ‘एक साताअघि जिल्ला छाडेकी डा। राईले साउन ३१ गतेसम्मको हाजिर गरेकी छन् । उनले शनिबार तथा बिदामा समेत हाजिर गरेको पाइयो, यो एकदमै गैरजिम्मेवार र अनुशासनहीन काम हो’, प्रजिअ बस्नेतले भने, ‘यस्तो गैरजिम्मेवारपूर्ण काम एउटा राष्ट्रसेवक कर्मचारीले गर्न सुहाउने कुरा होइन ।’

उनले मासिक दुई लाख ७७ हजार दुई सय ५० रुपैयाँ मासिक तलब दिने गरी प्रतिष्ठानसँग सम्झौता भएअनुसार जेठ र असारको पाँच लाख ५४ हजार पाँच सय रुपैयाँ भुक्तानी गरिएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

दुई वर्षअघि नै १५ शड्ढयाबाट ५० शड्ढयामा स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन । अस्पतालले उपचारको साटो सामान्य खालका बिरामीलाई समेत रुकुमको चौरजहारी, सुर्खेत र नेपालगन्ज रिफर गर्ने गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!