अपराधिक घटनाहरु बढ्दै गएकोमा पत्रकार महासंघको चासो

दिलमाया शाही, जुम्ला
श्र
अपराधिक घटनाहरु बढ्दै गएकोमा पत्रकार महासंघको चासो
दिलमाया शाही, जुम्ला
श्रृखलाबद्ध रुपमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल पत्रकार माहासंघ जुम्लाले आज प्रेस बिज्ञप्ती जारीमर्फत जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यान आकर्षण गराएको छ । श्रावण २० गते नयाँ शक्ति नेपाल जुम्लाका पुर्व संयोजक राधाकृष्ण बुढ्थापाको रहस्यमय मृत्यु भएको ६ दिन बितिसक्दा समेत घट्ना घटाउने दोषिलाइ सार्वजानिक नगरिएको भन्दै माहसंघले प्रेस बिज्ञप्तीमार्फत ध्यान आकर्षण गराएको हो ।
बुढ्थापाको रस्यमय मृत्युको छिटो भन्दा छिटो छानबिन गरि दोषीलाई सार्वजानिक गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।नेपाल पत्रकार महासंघले मृतक बुढथापा प्रति हार्दिका श्रदान्जली प्रकर्ट गर्दै शोकाकुल परिवारजन प्रति सम्वेदना ब्यक्त गरेको छ । लामो समयसम्मा पनि उत्तघटनाको दोषिहरु पत्ता लगाई सर्वाजनिक नगरिएकोले तत्काल दोषिहरु लुक्न छिप्न ,भाग्न र प्रर्माणहरु लोप हुन नदिन छिटो भन्दा छिटो कारवाही गर्न सरकार, स्थानीय प्रशासन संग पत्रकार महासंघ जुम्लाले माग गरेको छ ।
त्यस्तै जुम्लामा दिन प्रतिदिन आत्महत्या भनिएका बिभिन्न अपराधिक घट्ना लगायतका चोरी डकैतीहरु र वेवारिसे शवहरु भेटिएका हुदा महासंघ जुम्लाको थप गम्भिर ध्यान आकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । जुम्ला जिल्लामा घटेका घट्नाका दोषिहरुलाई कानुनको दायरामा ल्याइ जुम्लाका आमनागरिकहरुको भय त्रास र असुरक्षालाइ रोक्न पत्रकारमाहासंघ जुम्लाले निश्पक्ष छानिबिन गरि कानुनी शासनको प्रत्याभुति दिलाउन सरकार प्रहरी प्रशासन लागायत सरोकारवाला निकायहरु समक्ष आपति प्रटक गरेको छ ।
पत्रकारमाहासंघ जुम्लाको प्रेसबिज्ञप्ती बुझदै प्रमुख जिल्लाअधिकारी बिष्णु पौडेलले पत्रकारहरुका माग जाहेज रहेको भन्दै ,आफुहरुको दोषि पक्ता लगाउन निश्पक्ष प्रर्माण जुटाउने काम रहेको बताउनु भयो । उहाले भन्नु भयो ,प्रहरी प्रशासानले घट्ना घटेका दिनदेखी अहिले सम्मा १७ जाना लाई अनुसन्धानको लागि बयान दिन लागइएको बताउनु भएको छ । दोषि पक्ता लगाउन कुनैपनि कसुर बाँकी नराख्ने उहाँले बताउनुभयो । अनुसन्धानको लागी केही पर्माण जुटाएको भएपिन बाकी प्रर्माण जुटाउन किटानी जाहेरी गरेका आरोपित्त ब्यक्ति र संका लागेका ब्यक्तिहरुको कलडिटेल मागेको बताउनु भयो ।










