पहिरोमा पुरिएका गोविन्दको ६ दिन पछि शव भेटियो

जाजरकोट ,  यहाँको भेरी नगरपालिका ३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका ३ का १२ वर्षीय गोविन्द्र परियारको शव शुक्रबार फेला परेको छ । घटनाको छैंटौ दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउन’भयो
गत आइतबार पहिरोमा पुरिएका आठजनाको शव निकालिसकेको छ। पहिरोमा वेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए । घरमा गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो। उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो। आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए।
मृतककी दिदी काममा गएकी र भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए । पहिरोमा पुरिएका एकजनालाई भने जिवितै उद्धार गरिएको थियो। पहिरोमा परी ८ बालबालिका सहित ९ जनाको ज्यान गएको छ ।





error: Content is protected !!