६ दिन पछि आफन्तले वुझे शब

ज्ञानु गौतम रुकुम
रुकुमक पश्चिमको चौरजहारी अस्पताल प्रशाशन र मृतकका आफन्त विच आज सहमति हुदा ६ दिन पछि आफन्तले मृतकको शव वुझेका छन ।
उपचारको क्रममा गत श्रावण २० गते मृत्यु भएकि जाजरकोट भेरी नगरपालिका वडा नं १३ कुदु निवासी यशोदा मल्ल रोकायको शव पोष्टमार्टम पछि आफन्तले वुझेका हुन । दुई पक्ष विच भएको वार्तामा मृतकका वालवच्चाहरुलाई अस्पतालले पठनपाठनमा सहयोग गर्ने मौखिक सहमति अनुसार शव वुझेको परिवारका सदस्य टिकाराम आरसीले वताउनुभयो ।
अस्पताल तोडफोड तथा तनान ग्रस्त भएपछि ६ नम्वर प्रदेश क्याविनेट वैठकले निर्णय गरी ३ सदस्य छानविन टोली चौरजहारी अस्पताल पठाएको थियो । सामाजिक विकास मन्त्रालयका उप सचिव बृष वहादुर शाहीको संयोजकत्वमा दवेन्द्र पौडेल र डाक्टर के।एन।पौडेल रहेको समितिले छानविनको काम अगाडी वढाएको छ ।










