सदरमुकाममा दाउरा अभाव, एक भारीको ७ सयसम्म

नरजन तामाङ
हुम्ला, हुम्लाको सदरमुकाम सिमकोटमा नजिक वन नहुँदा स्थानीयलाई दाउराको समस्या बढदै गएको छ । सदमुकाममा दैनिक ९ घण्टा लोडसेडिङ र अन्य इन्धन आपूर्ति नहुँदा स्थानीय बासिन्दा ४ घण्टा पैदल हिडेर दाउरा बोक्न बाध्य भएका छन् ।

दाउराको समस्या हुँदा होटेल चलाउन गाह्रो भएको होटेल व्यवसायी नाम्गेल तामाङले बताए । उनले भने, ‘होटेल व्यवसायीलाई सबैभन्दा बढी दाउराको समस्या हुँदा होटल चलाउन नै गाह्रो भएको छ ।’

सदरमुकाममा दाउराको अभाव भएपछि गाउँबाट बिक्रि गर्न व्यापारी आएपुगेका छन् । अहिले सदरमुकाममा एक भारी दाउरालाई ५ सयदेखि ७ सयसम्म बिक्रि हुने गरेको छ । विद्यालय बिदा भएको दिनमा विद्यार्थीहरुले समेत दाउरा बोकेर सदरमुकाम सिमकोट धाउने गरेको छन् ।

दाउरा बिक्री गरेर विद्यार्थीले कापीकलम तथा घरका लागि आवश्यक सामान किन्ने गरेका छन् । सदरमुकाममा दाउरा अभाव भएपछि गाउँबाट घोडा खच्चरलाई बोकाएर सिमकोट पुर्‍याउने गरेको स्थानीय व्यवसायी प्रकाशबहादुर शाहीले बताएका छन् ।

लोडसेडिङले विद्यार्थीलाई समस्या

जिल्लामा हिल्दुम खोला जलविद्युत आयोजनाले दैनिक ९ घण्टा लोडसेडिङ गर्न थालेपछि विद्यार्थीहरु समस्यामा परेका छन् । दाउरा नपाउने र लोडसेडिङ भएपछि गाउँबाट आएका विद्यार्थी खाना पकाउन बत्ती कुर्नु पर्ने बाध्यता भएको छ ।

दाउरा ल्याउन वनमा जाने समय नभएपछि खाना बनाउन विद्यार्थीले बत्तीको भर पर्नु परेको हो । दाउरा नभएपछि भोकै बस्नु पर्ने भएको मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थी नन्द तामाङले बताए । उनी भन्छन्, ‘१० बजेतिर बक्ती आउने बेलासम्म निद्रा लागिहाल्छ ।’




सम्बन्धित समाचार


error: Content is protected !!