अम्बिका भण्डारी तिजको कोसेली ‘फुल फुल्यो बजारमा

पोखराः पछिल्लो समय बजारमा तिज गीतको नाममा विभिन्न तड्किलो भड्किलो खालका गीत भित्रीएको पाइन्छ ।त्यति मात्र होइन आफैं त्यस्ता प्रकारका गीत बजारमा भित्राएर हाम्रा गीतका मौलिकता हराए,सरकारले केहि गरेन भन्निको पनि यहाँ कमि छैन ।
बजारमा सय वटा गीत भित्रिए भने दस वटा गित पनि मौलिकता भएका भेट्न गाह्रो हुन्छ ।तिनै दस गीत भित्रको एक नमुना गीत हो भन्दा फरक नपर्ला एक चिया पसलबाट संघर्षको कथा बोकेर साहित्य अनि सङगित क्षेत्रमा प्रवेश गरेकी अम्बिका भण्डारी तिजको कोसेली ‘फुल फुल्यो’।
यसैबीच केहिदिन अघि साहित्यकार एवम लोक गायिका अम्बिका भण्डारीको लयमा अम्बिका नेपालको ञफुल फुल्योझ बोलको तिज गीत बजारमा आएको छ । ऋिषिराम रानाभाट पुरस्कार पाईसक्नु भएका भण्डारीले दर्जनभन्दा माथी साहित्यक रचनाका साथै सामाजिक सघसस्थामा आबद्ध हुनुहुन्छ । अन्नपुर्ण २ ढिकुरपोखरीको ठुलाचौर जन्म भई हाल अहिले पोखरा वस्दै आउँनु भएको छ ।
जीवनमा संघर्ष गरेर सङगित र साहित्यमा प्रवेश गरेकी ञफुल फुल्योझ बोलको गीतमा लय दिएकी अम्बिका भण्डारीले भने आफूले अहिले गीत सङगितको क्षेत्रमा विकृति भित्रीएको अनुभव सुनाउदै आफुले गाएको मौलिक गीतलाई दर्शक र स्रोताले मन पराउनेमा आशावादी रहेको बताईन ।










