अव डोल्पामै आई,एस,सी,एजी डिप्लोमा पढाई

लेख बहादुर बुढा
डोल्पा । डोल्पामा पहिलो पटक आई,एस,सी,एजी डिप्लोमा पढाई सुरु हुने भएको छ । ठुलीभेरी नगरपालीका ७ जुफालमा रहेको आदर्श माध्यामीक विद्यालय ( सामुदायीक विद्यालयमा प्राविधि शिक्षा ( TECS) कार्यक्रम अन्तरर्गत शैक्षिक सत्र २०७५।७६ देखि सिटिईभिटी बाट सम्वन्धन प्राप्त ३ बर्ष आई,एस,सी ,एजी डिप्लोमा पठनपाठन सन्चालन हुन लागेको आदर्श माध्यामीक विधालय जुफालले जानकारी दिएको छ । केहि बर्ष पहिले देखि कृषी जेटीयको कक्षा सन्चालन गर्दै आएको उक्त विद्यालयले यस बर्ष देखि आई,एस,सी,एजी पढाई सुरु गर्न लागेको हो ।
दुर्गम जिल्ला प्राविधिक विषयमा अध्यन गर्न चाहाने तर आर्थिक स्थिती न्यून भएका विद्यार्थीहरुले सजिलै ज्ञान हासिल गर्न सकुन भन्ने उदेश्यले २०७३ सालमा डोल्पा शैक्षिक धार्मीक महोत्सवबाट संकलन भएको रकम बाट कृषी क्याम्पस पलान साईन्स स्थापना गर्न लागेको आदर्श माध्यामिक विद्यालय जुफालका प्रधानाध्यापक पुर्ण बहादुर डाँगीले बताउनु भयो । जम्मा ४० कोठा माध्य ४ ओटा प्रदेश स्तरबाटै परिक्षामा सहभागी भै छात्रवृती मा अध्ययन गर्न पाउने छन् भने ३६ ओटा कोठाको लागि श्रावण १५ गते दरखास्त दिनुपर्ने र साउन १९ गते प्रवेश परिक्षा हुने आर्दश माध्यामीक विद्यालय जुफालका प्र.अ डागीँले बताउनु भएको छ ।
आर्दश मावि जुफालमा प्राविधिक कृषी जेटिए तर्फ यहाँका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने विद्यालय आफैले शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरी यस बर्ष देखि आई,एस,सी,एजी प्रमाण प्रत्र तह डिप्लोमा कक्षा सञ्चालन गर्न लागेको हो । आफ्नै डोल्पा जिल्लामा आई,एस,सी,एजी प्रमाण पत्र तह डिप्लोमा पढाई सन्चालन गर्न पाउदा आफुलाई निकै खुसी लागेको प्रधानाध्यापक डागीँले बताउनु भएको भयो ।










