आगलागी हुदा एक बालिकाको मृत्यु

दिलमाया शाही जुम्ला ः चन्दननाथ नगरपालिका वडा २ मा आगलागी बाट एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ३ वर्षीय बालिका क्रिष्मा कुमाइको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जुम्लाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयलका अनुसार गएराती सुतिरहेको अवस्थामा बिद्युत तार सर्ट भई आगलागी हुँदा कर्ण प्रसाद कुमाइको दुई तलाको ६कोठे घरमा आगलागी भएको हो । उक्त आगलागीमा कुमाईकी ३ वर्षीय छोरीको जलेर मृत्यु भएको छ । रातिको समयमा आगलागी हुदा आगो नियन्त्रण गर्न लामो समय लागेका कारण ठुलो क्षेती भएको हो ।
घरमा रहेको भाँडाकुडा ,कपडा, अन्नबाली लगायतका सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ । प्रहरीका अनुसार २३ लाख भन्दा बढी क्षेती भएको बताइएको छ ।










