समाज परिर्वतनको संवाहक वन्दै महिला समुह

लेख बहादुर बुढा
दुनै डोल्पा । यहाँका महिलाहरु संगठित भए संगै समाज परिवर्तनमा संवाहक रुपमा स्थापित हुँन थालेका छन् । जिल्लाका ठुलीभेरी नगरपालीका वडा नं.७ स्थित मान्मा प्रगतिशिल महिला समुहको सक्रिया वढे संगै यहाँका कु संस्कार विरुद्ध परिवर्तनका भाव देखा परेका छन् । समाजमा सरसफाई छाउपडी प्रथा, विभिन्न कुप्रथा ,छुवाछुत विरुद्धमा सक्रिय बन्दै गएको स्थानीयले बताएका छन् ।
दुई दर्जन भन्दा बढी घरधुरी रहेको जुफाल स्थित उक्त दलित बस्तीमा घर आँगन सरसफाई देखि विभिन्न जनचेतनामुलक कार्यक्रम र समाजमा आफ्ना समस्याहरु प्रस्तुत गर्न सक्ने भएका छन । किर्डाक नेपाल द्धारा मान्मा प्रगतीशील समुह गठन भए पछी उक्त दलित बस्तीमा धेरै परिवर्तन भएको मान्मा प्रगतीशील समुहकी अध्यक्ष विनिता वि.क ले बताउनु भयो । काटे रगत सवैको रातै हुने,दलितले बनाएको छोएको सवै चल्ने पानी भने किन नचल्ने भन्ने कुरामा गुनासो पोखेका थिए ।
ठुलीभेरी नगरपालीका वडा नं. ७ जुफाल स्थित दलित बस्तीमा मान्मा प्रगतिशिल समुह गठत भए देखि विभिन्न जनचेतामुलक कार्यक्रम,गोष्ठी गरे पछी पहिले भन्दा अहिले उक्त दलित बस्तीमा र विशेष गरे महिलाहरुमा धेरै परिवर्तन भएको किर्डाक नेपाल डोल्पाका संयोजक ओम बहादुर चन्द ले बताउनु भएको छ । पहिले आफ्नो नाम समेत भन्न नसक्ने महिलाहरु हाल ठुुलाठुला भेला सभाहरुमा दलित महिलाको समस्या आफै राख्न सक्ने भएको संंयोजक चन्दले बताउनु भयो । किर्डाक नेपाल डोल्पा द्धारा उक्त दलित बस्तीमा विभिन्न गोष्ठी सञ्चालन गरे देखि हाल बस्ती नै सफा र सुन्दर देखिएको छ ।










